वित्तीय कारोबार गर्ने कम्पनीतर्फ लगानीकर्ता ओइरिए, नेप्से फेरि नयाँ रेडर्कतर्फ

Advertisement

काठमाडौं । गत साताबाट पुनः सुधारतर्फ लम्किएको नेपालको सेयर बजार फेरि नयाँ रेडर्क बनाउने दिशातर्फ उन्मुख भएको छ । गत साता एकल अंकमा बढेको नेप्से परिसुचक यो साता ७४ दशमलव पाँच अंकले बढेर एक हजार ८०५ अंकमा आइपुगेको छ । 

त्यस्तै, कारोबार रकम गत साताभन्दा १०१ प्रतिशतभन्दा बढिले बढेर छ अर्ब ९१ करोड रुपियाँको सेयर सेयर किनबेच भएको छ । गत साता यस्तो रकम तीन अर्ब ४५ करोड रुपियाँ मात्रै थियो । यो साता वित्तीय कारोबार गर्ने कम्पनीका लगानीकर्ताले फाइदा लिएका छन् । 

Advertisement

गत साताको तुलनामा बैंकिङ समूहको सेयर झण्डै ९३ अंकले माथि उक्लिएको छ भने बिकास बैंक समूहको सेयर ८६ अंकले, बिमा समूहको सेयर २३० अंकले, वित्त समूहको सेयर साढे ३१ अंकले बढेर छ । उत्पादनमूलक समूहका कम्पनीहरुले पनि यो साता नाफा गरेका छन् । यो समूहको सेयर साढे १६२ अंकले बढेको छ । 

होटल तथा जलविद्युत क्षेत्रमा भने लगानीकर्ता आकर्षित हुन सकेनन् । यो साता होटल समूहको सुचक साढे ५६ अंकले झरेको छ भने ५० अंकले झरेको छ । यो साता व्यापार समूहका कम्पनीको सेयर कारोबार हुन सकेन भने अन्य समूहको सेयर करिव आठ अंकले बढेको छ । 

विशेषगरी बैंक वित्तीय संस्थाले मुनाफाको घोषणा, हकप्रद सेयर जारीको तयारीका समाचारले लगानीकर्ता यस क्षेत्रमा बढी आकर्षिक भएका छन् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठनसँगै ओरालो लागेको सेयर बजारमा गत सातादेखि सुधार आएपछि साना लगानीकर्तालाई राहत मिलेको छ । 

नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार यो साता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १३.३६ अंकले बढेर ३९१.४८ अंकमा आइपुगेको छ । यस साता कारोबार रकम ( ४३ करोड ८५ लाख ४० हजार रुपियाँ)को आधारमा नेपाल बंगलादेश बैंक अग्रस्थानमा छ । 

त्यसैगरी कारोबार भएको सेयर संख्या (१४ लाख १९ हजार कित्ता) को आधारमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १ अग्रस्थानमा छभने कारोबार संख्या (चार हजार२०२ वटा)को आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक अग्रस्थानमा छ । यो साता कारोबारका आधारमा नेपाल बंगलादेश बैंक र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी अगाडि रहे । बंगलादेश बैंकको ४३ करोड ८५ लाख र लुम्बिनीको ४१ करोड ५० लाख रुपियाँको सेयर खरिद बिक्री भए  ।

Advertisement

Advertisement