‘इन्टरनेट सबैका लागि’ थिम अन्तर्गत एनसेलले ल्यायो नयाँ डेटा प्याकहरु

Advertisement

काठमाडौंः एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्ने थिम अन्तर्गत नयाँ डेटा प्याकहरु ल्याएको छ । जस अन्तर्गत एनसेलका सबै ग्राहकहरुले अब अझै बढी डेटा भोलुमका साथ विभिन्न समयावधिका डेटा प्याकहरुको मजा लिन सक्नेछन् । 

नयाँ डेटा प्याकहरु बिहीबारदेखि लागु भएको हो । इन्टरनेट सबैका लागि’ थिम अन्तर्गत यस अघि ल्याइएको अफर समाप्त भए लगतै ल्याइएको यो योजना अन्तर्गत एनसेलका सबै ग्राहकहरुले अब न्युनतम ६ पैसा प्रतिएमबि सम्ममा डेटा सेवाको मजा लिन सक्नेछन् ।

Advertisement

ग्राहकले कुनै पनि समयमा चलाउन सकिने अल टाइम डेटा प्याक, बिहान ५ देखि साँझ ५ बजेसम्म प्रयोग गर्न मिल्ने डे डेटा प्याक र बेलुका ११ देखि बिहान ५ बजेसम्म प्रयोग गर्न मिल्ने नाइट डेटा प्याक मध्येबाट कुनै पनि डेटा प्याक आफ्नो आवश्यकता अनुसार जति पटक पनि खरिद गर्न सक्छन् ।

अल टाइम डेटा प्याक अन्तर्गत एनसेलका ग्राहकले १० रुपियाँमा २५ एमबि, २० रुपियाँमा ६० एमबि, सय रुपियाँमा तीनसय एमबि, १५० रुपियाँमा छसय एमबि र मात्र २५० रुपियाँमा एक हजार दुईसय एमबि डेटा खरिद गर्न सक्नेछन् ।

डे डेटा प्याक खरिद गर्ने ग्राहकले यही मूल्यमा अल टाइम डेटा प्याक भन्दा दोब्बर डेटा भोल्युम प्राप्त गर्नेछन् भने नाइट डेटा प्याक सुचारु गर्ने ग्राहकले सोहि मूल्यमा अल टाइम डेटा प्याक भन्दा चार गुणा बढी डेटा भोल्युम पाउनेछन् । 

त्यस्तै, डे डेटा प्याकअन्तर्गत ग्राहकले मात्र २५० रुपियाँमा दुई हजार चारसय एमबि डेटाको मजा लिन सक्नेछन् । त्यस्तै नाइट प्याक अन्तर्गत ग्राहकले २५० रुपियाँमा चार हजार आठसय एमबि डेटाको मजा लिन सक्नेछन् । 

यसरी डे डेटा प्याकअन्तर्गत ग्राहकले न्युनतम ११ पैसाप्रति एमबि सम्मको सुलभ दरमा इन्टरनेट चलाउन सक्नेछन् भने नाइट डेटा प्याक लिने ग्राहकले मात्र ६ पैसा प्रति एमबि सम्मको न्यून दरमा इन्टरनेट सेवाको प्रयोग गर्न सक्नेछन् । 

तीनसय एमबि, छसय एमबि र एक हजार दुईसय एमबिका प्याकहरुको समयावधि ३० दिन रहेको छ । पच्चिस एमबि र ६० एमबिका प्याकको समयावधि तीन दिनको रहनेछ ।

एनसेलका ग्राहकले एस्ट्रिस्क १७१२३ ह्यास डायल गरि निर्देशन अनुसार आफ्नो आवश्यकता अनुसारको डेटा प्याक सुचारु गर्न सक्नेछन् । उल्लेखित शुल्कहरु सबै करसहित हुन् । यो अफर ९० दिनको लागि मान्य हुनेछ ।

Advertisement

Advertisement