६ दशमलव ५ प्रतिशत आर्थिक वृद्धिदर हुने भएपछि विश्व बैंकद्वारा नेपालको प्रशंसा

Advertisement

काठमाडौं: नेपालको मुख्य दाता विश्व बैंकले उच्च आर्थिक वृद्धि हासिल गरेको भन्दै प्रशंसा गरेको छ । अमेरिकाको वासिङटन डिसीमा भएको बैठकमा बैंक अधिकारीले नेपालको प्रशंसा गरेका हुन् । आजको नयाँ पत्रिकामा खबर छ ।

चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ५ प्रतिशत हुने प्रक्षेपण विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले गरेका छन् । केही महिनाअघि साढे ५ प्रतिशतको आर्थिक वृद्धि प्रक्षेपण गरेको आइएमएफले हालै मात्र आफ्नो प्रक्षेपण बढाएर साढे ६ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको थियो ।

Advertisement

विश्व बैंक समूहमध्येका एक कार्यकारी निर्देशक एन्डिन ह्यादियान्तोले नेपालले आर्थिक वृद्धिदर उच्च बनाएको भन्दै नेपाली टोलीलाई बधाई दिएका थिए । उनले विश्व बैंक समूहमा नेपालसहित ब्रुनाई, फिजी, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, सिंगापुर, थाइल्यान्ड, टोंगा र भियतनामका लागि प्रतिनिधित्व गर्छन् ।

नेपालको आर्थिक विकासलाई अझ तीव्र पार्न विश्व बैंकको सहयोग जारी रहने उनले बताए । विश्व बैंकले अन्तर्राष्ट्रिय विकास संस्था (आइडिए) कार्यक्रमअन्तर्गत विकासोन्मुख मुलुकलाई सहयोग गर्दै आएको छ । ‘आइडिए १८’ मा विश्व बैंक सहायता निकायअन्तर्गतको सहयोग दोब्बर गरिने उनले जानकारी दिए ।

सन् २०१८ मा आइडिएले प्रवाह गर्ने सहायतालाई ‘आइडिए १८’ भनिएको हो । यसले सन् २०१८ मा नेपालकोे आर्थिक वृद्धिदर उच्च पार्न सहयोग पुग्ने अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख वैकुण्ठ अर्यालले बताए । बैठकमा मलेसियाका अर्थमन्त्री जोहरी अब्दुल घारी र इन्डोनेसियाका अर्थमन्त्री मुल्यानी इन्द्रावतीले नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालमार्फत नेपाल सरकारलाई अनौपचारिक बधाई सन्देश दिएको अर्थ मन्त्रालयले बताएको छ ।

Advertisement

Advertisement