प्रधानमन्त्री दाहालले दिए राजीनामा, काँग्रेसलाई सत्ता लिन बाटो खुल्यो

Advertisement

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएका छन् । बुधबार देशबासीका नाममा सम्बोधन गर्दै दाहालले राजीनामाको घोषणा गरेका हुन ।

नेपाली कांग्रेससँग भएको समझदारी अनुसार नै सत्ता हस्तान्तरण गर्ने भन्दै राजीनामाको घोषणा गरेका उनले आफूलाई सहयोग गर्ने सबैप्रति धन्यवाद दिएका थिए ।

संसद बैठकमा सम्बोधन गर्दै राजीनामा दिने बताएका दाहालले संसद बैठक बस्न नदिने भनेपछि सिंहदरबारबाटै राष्ट्रका नाममा सम्बोधन गरेका थिए । यससँगै अब संसदको सबैभन्दा ठूलो दल काँग्रेसलाई सत्ताको नेतृत्व गर्न बाटो खुलेको छ ।

Advertisement

Advertisement

Advertisement