वैदेशिक रोजगारीमा जाने कामदारकोे सङ्ख्या घट्यो, आठ महिनामा ३१५ को मृत्यु

Advertisement

काठमाडौँ: श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने कामदारकोे सङ्ख्या चालु आर्थिक वर्षमा घट्दै गएको छ ।

अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको आव २०७३÷७४को आर्थिक सर्वेक्षणअनुसार अघिल्लो वर्षको तुलनमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घट्दै गएको उल्लेख छ । चालु आवको प्रथम आठ महिनामा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्या एक लाख ८६ हजार १६६ रहेको छ । जसमध्ये पुरुष एक लाख ७६ हजार ८३१ जना र महिला नौ हजार ३३५ रहेको छ ।

सबैभन्दा बढी कतारमा ६२ हजार २६९, साउदी अरबमा ४३ हजार १८३, मलेसियामा ३८ हजार ४६४, युनाइटेड अरब इमिरेट्स (युयई)मा २६ हजार २५१, कुवेतमा पाँच हजार ६४८ जना र बाँकी अन्य देश रहेका छन् ।

आव २०६३÷६४ देखि आव २०७२÷७३ सम्ममा ३६ लाख १९ हजार ९८१ वैदेशिक रोजगारीमा गएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । वैदेशिक रोजगारीमा जानेमध्ये एक दशमलव पाँच प्रतिशत दक्ष, २३ प्रतिशत अर्धदक्ष र ७५ दशमलव पाँच प्रतिशत अदक्ष कामदार रहेका छन् ।

गत आवमा दुई दशमलव नौ प्रतिशतभन्दा कम रोजगारी वृद्धिदर रहेकामा यो चालु आवमा रोजगारी वृद्धिदर थोरै बढेर तीन प्रतिशतभन्दा बढी हुने अनुमान गरिएको छ ।

आठ महिनामा ३१५ को वैदेशिक रोजगारको क्रममा मृत्यु

चालु आवको पहिलो आठ महिनामा ३१५ जना नेपालीको वैदेशिक रोजगारीको क्रममा मृत्यु भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ । आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार ३०८ पुरुष र सात महिला मृतक कामदारका परिवारलाई आर्थिक सहायता रकम रु नौ करोड ४० लाख १५ हजार वितरण गरियो ।

आव २०६५÷६६ देखि २०७२÷७३ सम्म पाँच हजार ३२८ पुरुष र ११६ महिला गरी जम्म पाँच हजार ४४४ जनाको वैदेशिक रोजगारकिो क्रममा मृत्यु भएको छ । यसरी मृत्यु भएका परिवारलाई बोर्डले रु ९२ करोड ५६ लाख ६९ हजार उपलब्ध गराएको छ ।

Advertisement

Advertisement

Advertisement