अनावश्यक हल्लाको पछाडी नलागी चुनावमा केन्द्रित हुन प्रहरी अधिकृतहरुलाई अर्यालको निर्देशन

Advertisement

काठमाडौं: प्रहरी महानिरीक्षक प्रकाश अर्यालले स्थानीय निकायको निर्वाचन सफल बनाउनु अहिलेको मुख्य जिम्मेवारी भएको बताउँदै अनावश्यक हल्लाको पछाडी नलाग्न आग्रह गरेका छन् ।

बाहिर चलेको विभिन्न हल्लाको पछाडी नलागी देशको परिस्थितिलाई बुझेर चनाखो बस्न आग्रह गर्दै आफू मातहत सुरक्षाकर्मीलाई निर्देशन दिंदै उनले सो कुरा ब्यक्त गरेका हुन् । सोमबार उच्च प्रहरी अधिकारीको बैठकलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक अर्यालले सो धारणा राखेका हुन् ।
 
"मेरो अनुरोध भनेको मुलुकको बिकसित राजनीतिक घटनाक्रम, संगठनभित्र देखिएको गतिविधि सबैलाई ध्यानमा राखेर अघि बढ्न आग्रह गर्दछु," अर्यालले भने।

Advertisement

“देशमा विषेश परिस्थिति खडा भएको छ,” अर्यालको भनाई उद्धृत गर्दै प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालले भने, “निर्वाचनको तयारी पूरा भईसकेको छ, यसलाई सम्पन्न गर्न प्रहरीले मुख्य भुमिका खेल्नुपर्छ । प्रहरीले रातदिन काम गरेर निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गर्नुपर्छ ।”

अर्यालले चुनाव हुन्छ कि हुँदैन भनेर आशंका नगर्न पनि निर्देशन दिएका थिए ।

उनले निर्वाचन जसरी पनि सफल हुने बताउँदै आफूले पाएको जिम्मेवारी पूरा गर्न निर्देशन दिएका थिए । उनले देशको परिस्थिति बुझेर चनाखो रुपमा रहन पनि सबैलाई निर्देशन दिएका थिए ।

Advertisement

Advertisement