गएको बर्ष छ दर्जन प्रेस स्वतन्त्रता हननका घटना, अनलाइन निर्देशिका नयाँ समस्या

Advertisement

काठमाडौंः नेपाल पत्रकार महासंघले गएको एक बर्षमा ७० वटा प्रेस स्वतन्त्रता हननका घट्ना भएको तथ्य सार्वजनिक गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सार्वजनिक गरिएको प्रतिवेदनमा उक्त संख्यामा प्रेस स्वतन्त्रता उल्लंघनका घटना भएको उल्लेख छ । 

महासंघद्धारा गठित सञ्चार अनुगमन इकाईमा दर्ता भएका घटनामा पत्रकारमाथिको दुव्र्यवहारका १६ वटा घटना, पत्रकार पक्राउका ११ घटना, आक्रमणका ११ घटना, पत्रकारमाथि धम्कीका सात वटा घटना, सञ्चार क्षेत्रमा क्रियाशील संघसंस्थामा तालाबन्दी तथा कब्जाका सात वटा घटना, पत्रकारलाई समाचार संकलनका क्रममा प्रहरीले केही समय नियन्त्रणमा लिएका छ वटाट घटना छन् । 

Advertisement

केही सञ्चार माध्यमबाट पत्रकारलाई निस्काशन गरिएका घटना पनि दर्ता हुन आएको महासंघले जनाएको छ । यही वर्ष सरकारले जारी गरेको अनलाइन निर्देशिकाले अनलाइन सञ्चारमाध्यमको स्वतन्त्रतालाई संकुचित गर्ने प्रयास गरेको महासंघको ठहर छ । 

फ्रिडम फोरमको नजरमा २९ मात्रै 

फ्रिडम फोरमले १० महिनाको अवधिमा मुलुकभर गरेको अनुगमनको क्रममा २९ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना भएको तथ्य सार्वजनिक गरेको छ । 

फ्रिडम फोरमले विश्व पे्रस स्वतन्त्रता दिवसको अवसरमा बुधबार आयोजना गरेको छलफलमा यस अवधिमा २९ वटा प्रेस स्वतन्त्रताको घटना भएको र त्यसबाट ८० जना सञ्चारकर्मी प्रभावित भएको जानकारी गराएको हो । 

गत वर्षको तुलनामा यस्ता घटनामा यस वर्ष केही कमी आएको छ । तथ्याङ्कअनुसार गत वर्ष ५९ वटा प्रेस स्वतन्त्रता विरोधी घटना भएका थिए । 

Advertisement

Advertisement