निधि पुनः गृहको जिम्मेवारी सम्हाल्दै,  राजीनामा फिर्ता हुँदै

Advertisement

काठमाडौँ : प्रधानन्यायाधीस सुशीला कार्कीलाई महाअभियोग लगाएको विषयमा असन्तुष्टि जनाउँदै गृहमन्त्रीको पदबाट राजीनामा दिएका विमलेन्द्र निधि पुनः गृहमन्त्री जिम्मेवारी सम्हाल्ने भएका छन् ।

सरकारले कार्की बिरुद्ध महाभियोग प्रस्ताव दर्ता गरे लगत्तै निधी आइतबार गृहमन्त्री पदबाट राजीनामा दिएका थिए ।

Advertisement

निधिले गृहमा फर्किन पूर्व, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले उनले भेटेर सरकारमा फर्किन आग्रह गरेका थिए र सो भेटपछि  देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग कुराकानी गरेको, सम्बद्ध स्रोतले जानकारी दियो  ।

निधिका प्रेस संयोजक रामजी दाहालले निधिसँग यस विषयमा प्रधानमन्त्री प्रचण्ड र पार्टी अध्यक्षले छलफल गरेको र राजीनामा फिर्ता गरी वहाँ पुनः गृहमन्त्रीको रुपमा फर्कने पक्का भएको जानकारी दिए ।

Advertisement

Advertisement