एलजीको रेफ्रिजिरेटर एक करोड १५ लाख बिक्री गर्ने लक्ष्य, प्रत्येक मिनेटमा सातवटा बिक्री

Advertisement

काठमाडौंः एलजी इलेक्ट्रोनिक्सले उपकरण विभाजनको सबैभन्दा सफल र मुख्यशास्त्र इन्भर्टर लाइनर कम्प्रेसरद्धारा निर्मित एक करोड ५० लाख रेफ्रिजिरेटर संसारभरी बिक्री गर्ने निर्णय गरेको छ । 

एलजीका रेफ्रिजिरेटरहरुको बिक्री बार्षिक आठ प्रतिशतले बढेको हुँदा यस वर्ष ४० लाख बिक्री हुने अपेक्षा अनुमान छ । एलजी इलेक्ट्रोनिक्सका अनुसार प्रत्येक मिनेटमा सात वटाको दरले रेफ्रिजिरेटर बिक्री हुने गर्दछ ।

Advertisement

एलजी इन्भर्टर लाइनर कम्प्रेसर उच्चतम प्रविधिको नमुना हुनाले यसलाई कम्पनीको सफलताको आधार मानिन्छ । यसले अरुजस्तो धुमाउरो प्रक्रियाबाट नभई लाइनर गतिलाई प्रभावकारी हिसाबले चिसो बनाउने र अरु रेफ्रिजिरेटरको तुलनामा उर्जाको कम प्रयोग र ध्वनी प्रदुषण पनि कम गर्छ ।

सोह्र वर्ष अगाडि इन्भर्टर लाइनर कम्प्रेसर आविश्कार भएपछि एलजीले लगातार आफ्नो उपकरणहरुको सुधारमा जोड दिएको जनाइएको छ । एलजी इलेक्ट्रोनिक्सले पाँचौं युगको इन्भर्टर लाइनर कम्प्रेसर सन् २०१४ मा भित्राएको थियो । 

यस प्रविधिले अन्यको तुलनामा ५५ प्रतिशत उर्जा बचाउने र १५ प्रतिशत ध्वनी न्ययूनिकरण गर्ने एलजी इलेक्ट्रोनिक्सको भनाई छ । हाल एलजीको दक्षिण कोरियामा ९८१, अमेरिकामा २३२ र युरोपमा ५२ वटा  इन्भर्टर लाइनर कम्प्रेसरका आधिकारिकहरु रहेका छन् ।

इन्भर्टर लाइनर कम्प्रेसर रेफ्रिजिरेटर सम्पूर्ण गुणहरुमा उच्चप्रभावकारी भएको हुँदा मूल्यांकनकर्ता र उपभोक्ता संस्थाहरुले यसलाई सर्वोत्तम ठहर्याएको एलजीको भनाई छ । एलजीले गएको बर्ष युरोपियन बजारका लागि मात्र भनि नयाँ क्वान्टम सिस्टम रेफ्रिजिरेटर उत्पादन गरेको हुनाले यसको उपाधी प्राप्तिको सम्भाव्यता बढेको जनाएको छ । 

उक्त उपकरणमा २० वर्षे वारेन्टी र भिडिई नामक संस्थाको पनि पहुँच रहेको छ । जुन युरोपको अत्याधिक सम्मानित र सुरक्षित संस्था हो । एलजीको होम एप्लाइन्स एण्ड एयर सोलुशन्स कम्पनीका अध्यक्ष सङ डाई—ह्युनले भनेका छन्– एलजी रेफ्रिजिरेटरको संसार भरिनै ब्यापक सफलताको लागि हामीले इन्भर्टर लाइनर कम्प्रेसर जस्ता उपकरणको  उत्पादन गरेका हौं ।

यसले हाम्रा रेफ्रिजिरेटरलाई अझ सबल बनाउने, ध्वनी प्रदुषण घटाउने र न्यून उर्जाको प्रयोग गर्ने बनाउँदै उपभोक्ताहरुका निम्ति निरन्तर गुणस्तरीयता प्रदान गर्नु हो । 

Advertisement

Advertisement