लाखौंको संख्यामा नेपाली 'लेन्स'हरु विश्वबजारमा पुर्याउने तिलगँगाको तयारी

Advertisement

काठमाडौंः नेपाल आँखा कार्यक्रम अन्तर्गत तिलगंगा नेत्र विज्ञान प्रतिष्ठानले आँखाको लेन्स उत्पादन गर्ने भएको छ । प्रतिष्ठानको लेन्स उत्पादन उद्योगलाई उद्योग मन्त्रालयले सहयो गर्ने प्रतिवद्धतासमेत जनाएको छ । 

मन्त्रालय र प्रतिष्ठानबीच भएको सहमति अनुसार नेपाल आँखा कार्यक्रमले संचालन गर्ने मोतिविन्दु रोगको शल्यक्रिया गरी प्रत्यारोपण गरिने कृतिम लेन्सको उत्पादन गर्ने तथा सोका लागि आवश्यक सहायक सामाग्री तथा कच्चा पदार्थ समेतको उत्पादन गर्नेछ । 

Advertisement

उद्योग स्थापनाका निमित्त सहजीकरण र समन्वय गर्ने काम मन्त्रालयले गर्नेछ । उद्योगबाट उत्पादित लेन्सको अन्तर्राष्ट्रिय प्रवद्र्धनका निमित्त आर्थिक कूटनीतिका माध्यमबाट आवश्यक सहकार्य गर्ने जनाइएको छ । 

लेन्स उद्योगलाई राष्ट्रिय गौरवको आयोजना वा राष्ट्रिय प्राथमिकाता प्राप्त उद्योगको रुपमा स्थापित गर्न, उद्योगको क्षमता विस्तार, भौतिक पूर्वाधार विकासमा मन्त्रालयको तर्फबाट आवश्यक सहयोग हुने जनाइएको छ । 

नेपाल भित्रिने कम गुणस्तरका लेन्सहरुको आयातलाई रोक्न उद्योग मन्त्रालयले आवश्यक पहल गर्ने, लेन्स उद्योगको लागि आवश्यक कच्चा पदार्थ तथा मेशिनरी आयातमा सहजीकरणको भूमिका निर्वाह गर्ने जनाइएको छ । 

नेपाल आँखा कार्यक्रमले मुनाफा वितरण नगर्ने उद्देश्य राखि लेन्स उद्योग स्थापना गर्नेछ । हाल यो कार्यक्रम अन्तर्गत संचालनमा रहेको उद्योग मातहत रहेका सम्पूर्ण मेशिनरी औजार प्रविधि सम्पत्ति तथा दायित्व र कर्मचारीलाई नयाँ स्थापित हुने उद्योगको मातहतमा ल्याइनेछ । 
तिलगंगा नेत्र विज्ञान प्रतिष्ठानले हाल ४९ लाख लेन्स उत्पादन गरी बिक्री वितरण गरेको छ । प्रतिष्ठानबाट उत्पादित लेन्स विभिन्न १७ मूलुकमा निर्यात भइ ५० भन्दा बढि मुलुकमा वितरण भएकोले यसले राष्ट्रको प्रतिष्ठा बढ्को साथै वैदेशिक मुद्रा आर्जनमा समेत सघाउ पुग्न गएको उद्योग मन्त्री नवीन्द्रराज जोशीले बताए ।  

प्रतिष्ठानबाट हाल संचालित उद्योगको बार्षिक लेन्स उत्पादन क्षमता पाँच लाख रहेको तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बार्षिक १५ लाख लेन्स बिक्री वितरण गर्न सकिने सम्भावना रहेको कुरालाई मध्यनजर गर्दै उद्योगको क्षमता विस्तारमा मन्त्रालयले सघाउने निर्णय गरेको जोशीले बताए । 

कार्यक्रमका कार्यकारी निर्देशक डा. सन्दुक रुइतले अन्तर्राष्ट्रिय बजारमा नेपाली लेन्सले गुणस्तरीय उत्पादनका रुपमा ख्याति कमाईसकेकाले उद्योग मन्त्रालयको सहयोगमा विस्तार हुने उद्योगबाट बढि भन्दा बढि मात्रामा लेन्स उत्पादन गरी विश्व बजारमा बेच्न सके यसले मुलुकको बढ्दो व्यापार घाटालाई कम गर्न समेत सघाउ पुग्न जाने बताए । 

उद्योग मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रमाम सोसम्वन्धी सहमति भएको हो । सहमतिपत्रमा उद्योग मन्त्रालयका सह सचिव पुरुषोत्तम नेपालले र नेपाल आँखा कार्यक्रमका तर्पmबाट कार्यक्रमका कायकारी निर्देशक डा.रुइतले हस्ताक्षर गरे । 

Advertisement

Advertisement