चितवनको लालीगुराँस गाई फार्म उत्कृष्ट, सरकारले गर्यो सम्मान

Advertisement

ललितपुरः सरकारले चितवनको खैरहनीमा सञ्चालित श्री लालीगुराँस डेरी फाम एण्ड रिसर्च सेन्टरलाई सम्मान गरेको छ । ठूला व्यावसायअन्तर्गत गाईपालन तर्फको ठूलो व्यावसाय सञ्चालन गरी उत्कृष्ठ काम गरेवापत सेन्टरलाई १० हजार नगदसहित प्रथम पुरस्कार प्रदान गरिएको हो ।

त्यसैगरी, पुरस्कार पाउने अन्यमा निलकण्ठ पशुपालन दोस्रो, नेपाल इन्भेष्टमेन्ट कम्पनी तेस्रो र गोपालध्वज गाई तथा पशुपालनलाई सान्त्वना पुरस्कार प्रदान गरियो । विश्व दुध दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा पुरस्कार र सम्मानपत्र प्रदान गरेको हो ।

नेपालले सात वर्ष अघिदेखि विश्व दुध दिवस मनाइने गरे पनि विश्वमा भने १७ वर्षअघिदेखि नै यो दिवस मनाउन थालिएको थियो । प्रथम हुने लालीगुराँस गाई फाम करिब २० हेक्टर क्षेत्रफलमा फैलिएको छ भने करिब चार सय गाई पालन गरिएको छ ।

Advertisement

Advertisement

Advertisement