एलजीको नयाँ वासिङ मेसिन बजारमा

Advertisement

काठमाडौं: एलजी व्राण्डको आधिकारिक विक्रेता चौधरी समूह अन्तर्गतको सीजी इम्पेक्स प्रालिले नेपाली बजारमा एलजीको नयाँ कमर्सियल वासिङ मेसिन भित्राएको छ ।

नेपाली बजारमा अग्रणी स्थान ओगट्न सफल एलजीका फन्ट लोड वासिङ मेसिन इन्नोभेटिभ, फिचरिष्टिक र ड्यूरेवल उत्पादनका कारण उपभोक्ता माझ प्रख्यात छन् ।

एलजीले डोमेस्टिक वासिङ मेसिनको सफलतापछि उपभोक्ताको माग अनुसार दुई थरीका नयाँ कमर्सियल वासिङ मेसिन बजारमा ल्याएको बताएको छ ।

नयाँ ल्याइएको वसिङ्ग मेसिन दुई मेडल १० दशमलव २ केजी र १५ केजी क्यापासिटीमा उपलब्ध हुनेछन् ।

डोमेस्टिक वासिङ मेसिनको तुलनामा तेब्वर भन्दावढी टोटल वास साइकल रहेको छ । यो दुवै वासिङ मेसिनहरुमा हाइ इपिसेन्सी इन्भटर डाइरेक्ट ड्राइभ मोटर जडित रहेको छ । जसले कम उर्जामा लुगा धुन सक्ने जनाइएको छ ।

प्रालिका अनुसार यस नयाँ उत्पादन होटल, हस्पिटल, लन्ड्रीम्याट र अरु व्यवसायमा उपयुक्त रहेको कम्पनीले जनाएको छ ।

बजारमा १० दशमलव २ केजी मोडलको ३ लाख ४५ हजार ७ सय ९० र १५ केजी मोडलको ४ लाख ५४ हजार एक सय ९० रुपैयाँ मुल्य तोकिउको कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement