सरकारको अथक प्रयासपछि पनि राजपा चुनावबाट पाखा लाग्यो, आन्दोलनको घोषणा

Advertisement

काठमाडौंः सरकार र सत्तारुढ दलहरुले भरमजदुर प्रयास गर्दा पनि राष्ट्रिय जनता पार्टी (राजपा)ले चुनावी बाटो छोडेर आन्दोलनको घोषणा गरेको छ । तराईमा आफ्नो अनुकुल नजिता नआउने देखिएपछि रापजा चुनावबाट भागेको धेरैको विश्लेषण छ ।

राजपालाई चुनावमा सहभागी गराउन भन्दै सरकारले तीन पटकसम्म स्थानीय तहको निर्वाचनको मिति सार्नुका साथै निर्वाचनसम्वन्धी कानुनमा समेत उसलाई अनुकुल हुनेगरी संशोधन गरेको थियो ।

राजपाले दोस्रो स्थानीय तहको निर्वाचनमा भाग नलिने भन्दै आमहड्तालसहित आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । मधेसकै अर्को राजनीतिक दल उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी दल पहिलो चरणदेखि नै निर्वाचनमा सक्रिय रहेको बेला राजपाले विभिन्न बहानामा निर्वाचनबाट भाग्ने प्रयास गर्दै आएको थियो ।

केही समयअघि छ वटा मधेस केन्द्रीत दल एक भई बनेको राजपाले शुक्रबार पनि सत्तारुढ दलहरुसँग चुनावको मिति सार्न दबाब दिएको थियो । तर काँग्रेस माओवादीले त्यो कुरालाई अस्वीकार गरेका थिए ।

आइतबार सो पार्टीका संयोजक महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकले चुनावविरोधी आन्दोलन घोषणा गरेको हो । घोषणा गर्नुअघि पनि उसले सत्तारुढ कांग्रेस र माओवादी केन्द्रसँग सिंहदरबारमा छलफल गरेको थियो ।

बैठकमा निर्वाचनअघि संविधान संशोधन गर्न र चुनावको मिति सार्न काँग्रेस र माओवादी दुवैले अस्वीकार गरेपछि आन्दोलनको घोषणा गरेको हो । विपक्षी एमालेले पहिल्यैदेखि संविधान संशोधनको विरोध जनाउँदै आए पनि काँग्रेस र माओवादी भने संशोधनको कुरामा लचक थिए ।

राजपालाई चुनावमा सहभागी गराउन भन्दै सरकारले आजै राजनीतिक दल दर्तासम्बन्धी ऐन स‌ंशोधनका लागि संसद्‍मा लगेर पाससमेत गरेको थियो ।

Advertisement

Advertisement

Advertisement