पैदल यात्रुलाई जरिवानाको व्यवस्था हट्यो, जथाभावी बाटो काट्नेले ट्राफिक कक्षामा भने बस्नु पर्ने

Advertisement

काठमाडौं: गृहमन्त्री जनार्दन शर्माले मंगलबार ट्राफिक प्रहरीले यही जेठ १६ गतेदेखि जथाभावी बाटो काट्ने पैदलयात्रुलाई जरिवाना स्वरुप लिइएको दुई सय रुपियाँ लिने व्यवस्था तत्कालका लागि रोक्न आदेश दिएका छन् ।

ट्राफिक प्रहरीले पैदल यात्रुलाई कारबाहीमा भने ट्राफिक कक्षा लिने व्यवस्था भने अनिवार्य गराउने भएको छ ।

गृहमन्त्री शर्माले आज प्रहरी प्रमुख र ट्राफिक प्रहरी महाशाखा प्रमुखलाई बोलाएर यसबारे छलफल गरेका थिए । गृहमन्त्री शर्माको निर्देशनपछि नगद जरिवाना हटाइएको बुझिएको छ ।

जेठ १६ यता ट्राफिकले सोहि कारबाही अन्तर्गत आधा-महिनामा करिव २० हजार पैदलयात्रुलाई कारवाही गरिसेको छ ।
सडकमा अहिले बाटो काट्न पनि पर्याप्त जेब्रा क्रसिङ्गको व्यवस्था छैन ।

Advertisement

Advertisement

Advertisement