एनसेलले ल्यायो ‘वानप्लान’ अब सुलभ दरमा डेटा, भ्वाइस र एसएमएसको कम्बो प्याक

Advertisement

काठमाडौंः दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आकर्षक साप्ताहिक ‘वानप्लान’ कम्बो प्याक ल्याएको छ । यस अन्तर्गत एनसेलका सबै ग्राहकले सुलभ दरमा भ्वाइस, डेटा, एसएमएस र योण्डर म्युजिक सेवाको मजा एकै प्याकमार्फत लिन सक्नेछन् ।

सुलभ दरमा गुणस्तर सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धताबमोजिम यो योजना ल्याएको एनसेलले जनाएको छ । भोलि बिहीबारदेखि लागू हुने वान प्लान प्याक एनसेलका सबै प्रिपेड र पोष्टपेड ग्राहकका लागि मान्य हुनेछ । यसका साथै यो योजनाअन्तर्गत प्याक सुचारु गर्ने ग्राहकले एक हप्तासम्म योण्डर म्युजिक एपमा निःशुल्क अनलाइन गीत संगीतको मजालिन सक्ने जनाइएको छ ।

योण्डर म्युजिक एप १५,००० भन्दा बढि नेपाली गीतसंगीतहरु सहित दुई करोडभन्दा बढि गीतहरु समावेश गरिएको डिजिटल म्युजिक लाइब्रेरी हो ।

यो योजनाअन्तर्गत एनसेलका ग्राहकले आफ्नो आवश्यकताअनुसार वानप्लान १५०, वानप्लान ३०० र वानप्लान ५०० गरी तीन वटा प्याकहरु लिन सक्नेछन् । वानप्लान १५० प्याकमा एक हप्ताको प्याक रु १५० मा लिएर ५०० एमबी डेटा, १०० मिनेट अन नेट टक टाइम र २०० वटा अन नेटएसएमएस सेवाको मजालिन सकिनेछ ।

त्यस्तै, वानप्लान ३०० अन्तर्गत रु ३०० मा १५०० एमबी डेटा, ३०० मिनेट अन नेट टक टाइम र ६०० वटा अन नेट एसएमएस पाइने छ भने ग्राहकले वानप्लान ५०० अन्तर्गत मात्र रु ५०० मा ३००० एमबी डेटा, ६०० मिनेट अन नेट टक टाइम र १२०० वटा अन नेट एसएमएस सेवा प्राप्त गर्नेछन् ।

उल्लेखित वान प्लान प्याकका शुल्कहरु सबै करसहित हुन् र प्याक सुचारु भएको दिनदेखि एक हप्ताको लागि मान्य हुनेछ । वान प्लान प्याकले दिने लाभबाट फाइदा लिनका लागि ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी त्यसपछि अंग्रजी अंक ४ (फोर) थिचेर आफ्नो आवश्यकताअनुसारको प्याक सुचारु गर्न सक्नेछन् ।

ग्राहकले आफ्नो आवश्यकताअनुसार प्याकहरु जति पटक पनि कुनै पनि वान प्लान प्याक सुचारु गर्न सक्नेछन् । प्याकअन्तर्गत प्राप्त सेवाहरु एक हप्ताको समयसिमा भित्रै प्रगोग गरी सक्नुपर्नेछ । यो अफर लागु भएको दिनदेखि ३० दिनको लागि मान्य हुनेछ । थप जानकारीका लागि १७१२३ मा कल गर्न सकिने छ ।

Advertisement

Advertisement

Advertisement