‘लखपति–माग्ने’ बन्दै, सडकमा माग्नुपर्ने बाध्यता र धनीको हेर्ने दृष्टिलाई प्रस्तुत गरिने

Advertisement

काठमाडौंः समाजका विभिन्न आयामलाई समेटेर ‘लखपति–माग्ने’ नामक चलचित्र निर्माण गरिने भएको छ ।

करिब छ महिनाको अवधिमा निर्माण गरिने ठूलो पर्दाको सो चलचित्रमा माग्ने र लखपतिबीचका भिन्नता तथा एक अर्काको कार्यले सिर्जना गर्ने सामाजिक सद्भावमा आधारित कथावस्तु छ । करिब रु ८० लाखको लागतमा निर्माण हुने सो चलचित्रमा उद्योगी प्रकाशचन्द्र महर्जनको लगानी रहेको छ ।

सडकमा माग्दै हिँड्नुपर्ने मानिसको बाध्यता तथा त्यो मानिसलाई धनीले हेर्ने दृष्टिकोणबीच लामो अनुसन्धानपछि सो विषयलाई चलचित्रका रुपमा ल्याउन लागिएको हो । ‘ड्रिम वल्र्ड अफ फिल्म मेकर्स प्रालि’ले तयार गर्ने चलचित्र निर्देशक सवनम मुखियाले निर्देशन गर्नेछिन । निर्देशक सवनम मुखियाले आफ्ना माता पिताको नाममा ‘श्याम सुनिता चलचित्र पुरस्कार’ स्थापना गरी दुई चलचित्र निर्मातालाई आगामी मङ्सिरमा वितरण गर्ने घोषणा समेत गरिन ।

मुखियाले निर्माण गरेका आदिवासीसम्बन्धी केही छोटा चलचित्र अन्तर्राष्ट्रिय क्षेत्रमा लोकप्रिय बनेका छन् । चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मा, मोहन मैनालीलगायतले स्वदेशी मौलिकतामा आधारित विषयवस्तुमा बनाइने सो चलचित्र सन्देशमूलक हुने र लोकप्रियता कायम गर्ने विश्वास व्यक्त गरेका छन् ।

मुखियाले नै निर्माण गर्दै गरेको छोटो चलचित्र ‘जुवेलिन’ को ‘निर्दोष मन’ नामक गिती क्यासेट विमोचन गरिएको छ । दुव्र्यसनमा परेका युवालाई लक्ष्य गरी बनाइएको सो चलचित्रमा लागुऔषध सेवन गर्न नहुने सन्देश समावेश छ ।

Advertisement

Advertisement

Advertisement