सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता हुँदै

Advertisement

काठमाडौंः फेयरलेस नेपाल र डिएनए इन्टरटेनमेन्टको आयोजनामा सर्वाधिक पुरस्कार राशी भएको विद्यालयस्तरिय फुटबल प्रतियोगिता हुने भएको छ ।

आगामी साउन १५ गतेदेखि हुने उक्त प्रतियोगितामा उपत्यकाका तीन जिल्ला र नुवाकोटका एक विद्यालयको सहभागिता रहने मुल आयोजक समितिका अध्यक्ष दीपक क्षत्रीले बताए । उनले निजी क्षेत्रबाट आयोजना भएको विद्यालयस्तरको अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता भएको दाबी गरे ।

प्रतियोगिताको विजेता टोलीले पाँच लाख रुपियाँ पुरस्कार पाउनेछन् भने उपविजेताले तीन लाख रुपियाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजारसहित ट्रफि प्राप्त गर्नेछन् । त्यसैगरी उत्कृष्ट डिफेन्डर, मिडफिल्डर तथा उत्कृष्ट स्ट्राइकरले जनही १० हजार पाउनेछन् ।

अखिल नेपाल फुटबल सङ्घको प्राविधिक सहयोगमा हुने उक्त प्रतियोगिताको अनुमानित खर्च ९० लाख रुपियाँ रहेको आयोजकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement