दुर्गाबहादुरको साहसले प्रहरीको छाति गर्वले चौडा भएको छः आइजिपी अर्याल

Advertisement

काठमाडौंः नेपाल प्रहरीका महानिरिक्षक (आइजीपी) प्रकाश अर्यालले दोस्रो चरणको स्थानीय निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न योगदान गर्ने सम्पूर्ण प्रहरी कर्मचारीलाई धन्यवाद दिएका छन् ।

उनले निर्वाचन सुरक्षाका क्रममा पड्कदै गरेको बम समातेर फ्याँक्ने प्रहरीको कामको उच्च प्रशंसा गरेका छन। दाङको एक स्थानीय निर्वाचनमा मतदान भइरहेका बेला प्रहरी हवल्दार दुर्गाबहादुर रानाले अज्ञात व्यक्तिले प्रहार गरेको बम तत्कालै टिपेर फ्याँकी सम्भावित मानवीय क्षति राकेका थिए ।

अर्यालले विज्ञप्तिमार्फत भनेका छन्, ‘आम जनताको जनधनको सुरक्षाका खातिर आफ्नो किन्चित परवाह नगरी बिना हिचकिचाहट पड्कदै गरेको बम समेत टिपेर फ्याँक्नेसम्मको अदम्य साहसिक कार्य गर्ने लगायत सम्पूर्ण प्रहरी कर्मचारीको व्यवसायिक इमान्दारिता र कर्तव्यपरायणताले सिंगो नेपाल प्रहरी र सम्पूर्ण प्रहरी कर्मचारीको छाती पुनः एकपटक गर्वले चौडा भएको छ ।’

Advertisement

Advertisement

Advertisement