उर्जा बचाउने इन्भर्टर प्रविधिमा आधारित एलजीका घरायसी सामग्रीहरु नेपाली बजारमा

Advertisement

काठमाडौंः नेपालमा एलजी इलेक्ट्रोनिक्सको आधिकारिक बिक्रेता चौधरी समूहअन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले इन्भर्टर प्रविधिमा आधारित एलजीका उत्पादनहरु नेपाली बजारमा ल्याएको छ ।

उर्जा बचतमा निकै सहयोगी हुने जनाइएको यस प्रविधिबाट ७० प्रतिशतसम्म उर्जाको बचत गर्न सफल हुने जनाइएको छ । यस्ता उपकरणहरुले एलजीले १० बर्षको वारेन्टीसमेत दिएको छ । यसले नेपालमा उर्जा संकट समस्या अझै जारी रहेको बेला यसको खपत कम गर्न सहयोगी बन्ने सिजी र एलजीका प्रतिनिधिहरुको भनाई छ ।

उनीहरुले उर्जा संरक्षण गर्ने क्षमता भएका घरेलु उपकरणहरुको प्रयोग गर्नु नै उर्जा संरक्षणको सुरुवात हो भन्दै यसले उर्जा खपत कम गरी मानिसहरुको खर्चमा कमी ल्याउने र मुलुकको समग्र आर्थिक विकासको लक्ष्य हासिल गर्नसमेत सहयोग गर्ने बताए ।

कार्यक्रममा चौधरी समूहका कार्यकारी निर्देशक निर्वाण चाधरीले उर्जा खपत कम गर्ने नयाँ प्रविधिका उत्पादनहरुलाई नेपाली उपभोक्तामाझ प्रतिस्पर्धी मूल्यमा ल्याइएको भन्दै आम उपभोक्ताको आवश्यकता र मागलाई पूर्ति गर्ने बताए ।

उनले एलजी र सिजीबीचको सम्वन्ध तीन दशक पूरानो रहेको र नेपालमा एलजी भनेको आफ्नै उत्पादन जस्तो लोकप्रिय बनेको भन्दै एलजीका नयाँ नयाँ प्रविधिमा आधारित उत्पादनहरुले उपभोक्ताको जीवनस्तरमा परिवर्तन ल्याएको बताए ।

एलजीइ सिंगापुरका बिक्री तथा बजार हेर्ने उपाध्याक्ष चोङ रोवल पार्कले नयाँ प्रविधि र राम्रो सेवाका कारण एलजीले आफ्नो प्रतिष्ठा बनाउन सकेको भन्दै नेपालमा चौधरी समूहसँगको साझेदारी निकै सफल रहेको बताए ।

एलजीले पारिवारिक सन्दर्भमा इन्भर्टर प्रविधिका बारेमा धेरै ज्ञान दिलाउनु आवश्यक रहेको भन्दै यसबाट एलजीले आफ्नो व्यापार बढाउन खोजेको नभई प्रयोगकर्तालाई यस प्रविधिको फाइदाको बारेमा ज्ञान दिलाउन खोजेको जनाएको छ ।

त्यसका लागि एलजीले खरिद गृह सञ्चालन, सडक कार्यक्रम, प्रदर्शनी, उर्जा संरक्षण अभियान सञ्चालन गर्न लागेको जनाइएको छ । यस बर्ष इन्भर्टर प्रविधिमा आधारित आफ्ना उत्पादनहरु रेफ्रिजिरेटर, वासिङ मेशिन, एयर कन्डिशनिङ, माइक्रोवेभ ओभनहरु ब्यापकरुपमा बजारमा छरेको उसले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement