यू- १९ बिश्वकप छनौट: नेपालले घरेलु टोली सिंगापुरलाई चार विकेटले हरायो

Advertisement

काठमाडौँ: यू- १९ बिश्वकप एसियाली छनौट प्रतियोगितामा नेपालले घरेलु टोली सिंगापुरलाई चार विकेटले हराएको छ । ७४ रनको झिनो लक्ष्य पछ्याएको नेपाललाई जितका लागि भने ठुलो संघर्ष गर्नुपरेको थियो । १७ ओभर २ बल खेलेर ७७ रन बनाउँदा नेपालले ६ विकेट गुमाउन पुग्यो ।
आगामी वर्ष न्युजिल्यान्डमा आयोजना हुने यू-१९ विश्वकप क्रिकेटको छनोट खेलमा सोमबार नेपालले घरेलु टोली सिंगापुरसँग प्रतिस्पर्धा गरेको हो ।
ओपनर सन्दिप सुनार र आसिफ शेख क्रमसः १ र ४ रनमै आउट भएका थिए भने तेस्रो नम्बरमा आएका प्रनित थापामगरले बनाएको २३ रन बनाउन सफल भएको थिए । नेपालका लागि अनिल साहले १९ रन र रोहित कुमार पौडेलले अविजित ११ रन बनाए बनाए।
नेपालले ७ अतिरिक्त रन पाएको थियो ।

यसअघि सिंगापुर क्रिकेट क्लब, पादाङमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली सिंगापुरको सुरुवात राम्रो हुन सकेन । किशोर महतोले नेपाललाई पहिलो सफलता दिलाए, जतिबेला उसको स्कोर मात्र ४ रन थियो ।

नेपालका कप्तान सन्दिप लामिछाने एक्लैले ५ विकेट लिए । ८ ओभर बलिङ गरेका उनले दुई मेडन राख्दै मात्र २१ रन दिएका थिए । शाहब आलमले २ र महतोले २ विकेट लिए ।

दुई साता भारतको नोयडामा तयारी गरेर नेपाली टोली शनिबार सिंगापुर गएको थियो । नेपालले भारतमा तयारीसँगै चारवटा अभ्यास खेल पनि खेलेको थियो । अभ्यास खेलमा नेपालले तीनवटा जित हात पारेको थियो ।

Advertisement

Advertisement

Advertisement