उर्जामा लगानी गर्न नर्वेलाई महराको आग्रह

Advertisement

काठमाडौंः परराष्ट्रमन्त्री कृष्णबहादुर महराले उर्जा क्षेत्रमा लगानी बढाउन नर्वेजियन राजदूत जिल टोर्मोड पेटरशनसँग आग्रह गरेका छन् । राजदूत पेटरशनसँग मंगलबार भएको भेटवार्तामा महराले संक्रमणकालको अन्त्यसँगै नेपालमा लगानीको बाताबरण बनेको भन्दै उर्जा क्षेत्रमा लगानीका लागि आग्रह गरेका हुन ।

परराष्ट्र मन्त्रालयमा उहाँहरुबीच भएको भेटवार्तामा द्विपक्षीय हित तथा लगानीका विषयमा छलफल भयो । सो अवसरमा परराष्ट्रममन्त्री महराले नेपाल–नर्वेबीच रही आएको सम्बन्ध आगामी दिनमा थप घनिष्ठ बन्दै जाने विश्वास व्यक्त गर्नुभयो ।

नेपालको शान्ति प्रक्रिया तथा भूकम्पका समयमा नर्वेले पुर्याएको सहयोगको उनले प्रशंसासमेत गरे । महराले स्थानीय तहको निर्वाचन एक प्रदेशमात्र बाँकी रहेको र दुई चरणको निर्वाचन सकिएकोले मुलुक आर्थिक विकासमा केन्द्रीत भएको बताए ।

नेर्वेका राजदूत पेटरसनले आफ्नो चार वर्षे कार्यकाल सकी फर्कन लागेको जानकारी गराए । आफूहरुले ऊर्जा क्षेत्रको लगानीलाई थप विस्तार गर्न चाहेको भन्दै उनले नर्वेले गर्दै आएको आर्थिक, सामाजिक र प्रजातान्त्रिक विकासमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाए ।

Advertisement

Advertisement

Advertisement