फर्निचर उद्योगमा आगलागी, १६ लाख बराबरको क्षति

Advertisement

भक्तपुर: भक्तपुर नगरपालिका–१० कमल विनायकस्थित भत्केकोपाटीमा रहेको फर्निचर उद्योगमा गएराति आगलागी भएको छ ।

स्थानीय चरण खायमलीले सञ्चालन गरेको फर्निचर उद्योगमा मध्यरातिबाट भएको आगलागीबाट १६ लाख रुपियाँ बराबरको क्षति भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए।

राति करिब ११ः४५ बजे लागेको आगोले उद्योगमा निर्माण भएका फर्निचर एवं मेशिन जलेर नष्ट भएको उनले जानकारी दिए।

आगोलागी भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, बारुणयन्त्र भक्तपुर र ललितपुरका दमकल तथा स्थानीय बासिन्दाको सहयोगमा करिब २ बजे आगो नियन्त्रणमा लिइएको थियो ।

कारखानामा लागेको आगोका कारण सँगै रहेको विश्वराम प्रजापतिको घरमा समेत ग्याँस सिलिण्डर पड्केर सामान्य क्षति भएको छ ।

कारखानामा राति कोही पनि नबस्ने भएकाले आगलागीको कारण भने खुल्न नसकेको प्रहरीको भनाइ छ । रासस

Advertisement

Advertisement

Advertisement