सानिमा माई हाइड्रोपावरले शतप्रतिशत हकप्रद दिने, साउन २७ देखि बिक्रि खुल्ने

Advertisement

 

काठमाडौँ: सानिमा माई हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको हकप्रदमा शेयरधनीले साउन २७ गतेदेखि भदौ २९ गतेसम्म आवेदन दिन सक्नेछन् । हकप्रद हकप्रद शेयर विक्री प्रबन्धकमा सनराईज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

सानिमाले १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपियाँ दरको १ करोड ५ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो। हकप्रद बिक्री गर्न सानिमा माईले मंगलबार बुक क्लोज गर्दैछ, त्यसैले सोमबार सम्म कायम सेयरधनीले मात्र हकप्रद भर्न पाउनेछन् । लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटलबाट दरखास्त फारम भर्न र बुझाउन सक्नेछन् ।

यसैगरी, सानिमा बैंकको उपत्यका भित्रका चुच्चेपाटि, कलंकी, कुमारीपाटि, न्यूरोड र सूर्यविनायक शाखा तथा उपत्यका बाहिर विराटनगर, वीरगंज, बिर्तामोड, दमक, धरान, लहान, नारायणगढ, नेपालगंज र पोखरा शाखबाट पनि फारम भर्न र बुझाउन सकिने छ।

हाल १ अर्ब ५ करोड ५० लाख रुपियाँ चुक्तापूँजी रहेको सानिमामाई हाइड्रो पावरले १ बराबर १ को अनुपातका दरले हकप्रद शेयर बिक्रीपश्चत चुक्तापूँजी २ अर्ब ११ करोड रुपियाँ पुग्ने बैंकले जनाएको छ ।

 

 

 

 

 

 

Advertisement

Advertisement

Advertisement