सौर्य उर्जा परियोजनाको ठेक्का सम्झौतामा भएको अनियमितताको अख्तियारद्धारा छानविन सुरु

Advertisement

काठमाडौंः नुवाकोटमा निर्माण गर्ने भनिएको २५ मेगावाटको ग्रीडजडित सौर्य उर्जा फार्म (परियोजना)को ठेक्का प्रक्रियामा भएको अनियमितताको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन अघि बढाएको छ ।

उक्त ठेक्का प्रक्रियामा न्यूनतम बोलकबोल गर्ने बोलपत्रदातालाई ठेक्का दिने निर्णय भइसकेकोमा नेपाल विद्युत प्राधिकरणको पछिल्लो व्यवस्थापनले उक्त निर्णयलाई उल्ट्याउँदै ६८ करोड रुपियाँ महंगो प्रस्ताव गर्ने अर्को बोलपत्रदाता (ठेकेदार)लाई ठेक्का दिने निर्णय गरेपछि संसदीय समितिहरुदेखि अख्तियारसम्मले त्यसको छानविन अघि बढाएका हुन ।

संसदको सार्वजनिक लेखा समितिले अघिल्लो निर्णयलाई उल्ट्याएर महंगोलाई ठेक्का दिने पछिल्लो निर्णय बदनियतपूर्ण र गैरकानुनी ठहर गर्दै अर्को निर्णय नभएसम्म ठेक्का प्रक्रिय अघि नबढाउन र त्यससँग सम्वन्धित सबै कागजपत्र आफूलाई बुझाउन निर्देशन दिइसकेको छ । संसदको कृषि तथा जलस्रोत समितिमा पनि यो विषय छानविनको क्रममा रहेको छ ।

अख्तियारका प्रवक्ता जीवराज कोइरालाले सौर्य उर्जाको ठेक्का प्रक्रियाको प्रारम्भिक छानविन अघि बढेको बताए । उनले यससम्वन्धी सबै कागजाज मगाउने काम भइरहेको भन्दै आवश्यक छानविन गरी दोषी भेटिएकाहरुलाई कारवाही अघि बढाउने स्पष्ट पारे ।

Advertisement

Advertisement

Advertisement