'इन्काउन्टर स्पेसलिष्ट' सर्वेन्द्र खनाल ट्राफिक प्रहरीको प्रमुख

Advertisement

काठमाडौंः गुण्डा नाइके घैंटेको इन्काउन्टर गरेर चर्चा कमाएका वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) सवेन्द्र खनालले महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुखको जिम्मेवारी पाएका छन् । उनी यसअघि प्रहरी प्रवक्ताका साथै महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख थिए ।

प्रहरी बढुवा समितिले अर्का एसएसपी रमेश खरेलभन्दा पनि अगाडि पहिलो नम्बरमा बढुवा सिफारिस गरिएका खनालले नेपाली फुटबलको म्याच फिक्सिङ प्रकरणमा समेत सफलता हासिल गरेको भन्दै चर्चा कमाएका थिए । उपत्यका ट्राफिक प्रमुख रहेका डिआईजी मिङमार लामालाई केन्द्रिय ट्राफिक निर्देशनालयको प्रमुखको जिम्मेवारी दिइएको छ ।

Advertisement

Advertisement

Advertisement