धरानमा कृषिजन्य वस्तुको प्रशोधन केन्द्र निर्माण गर्ने बाणिज्य मन्त्रीको घोषणा

Advertisement

इटहरीः वाणिज्यमन्त्री मीनकुमार विश्वकर्माले प्रदेश नं १ को धरानमा कृषिजन्य वस्तुको प्रशोधन केन्द्र निर्माण गर्ने बताएका छन् । नेपाली काँग्रेस धरानले सोमबार आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा उनले प्रशोधन केन्द्र बनेपछि कृषि उत्पादनको निर्यात बढेर अर्थतन्त्रको सुधारमा महत्वपूर्ण योगदान थपिने बताए ।

मन्त्री विश्वकर्माले पूर्वी नेपालका तराई तथा पहाड र हिमाली क्षेत्रमा उत्पादन हुने कृषिजन्य उत्पादन तथा रुद्राक्ष, अदुवा, बेसार, सुपारी, चिराइतो, पाँचऔँले र अमलालगायत जडीबुटीको उत्पादन, प्रशोधन, प्याकेजिङ र लेबलिङसम्बन्धी तालीम सञ्चालन गर्न मन्त्रालयले विशेष कार्यक्रम ल्याउने बताए ।

अहिले भारतले नेपालको अदुवा निर्यातमा रोक लगाएको विषय गम्भीर भएको भन्दै उनले कृषिजन्य उत्पादनको प्रशोधन एवं स्तरीकरण र लेबलिङ गरेपछि नेपालको उत्पादन विभिन्न मुलुकमा निर्यातयोग्य बन्ने र यसबाट नेपाली किसानले राम्रो मुनाफा आर्जन गर्नसक्ने बताए ।

Advertisement

Advertisement

Advertisement