अर्थले नेप्सेको 'सीइओ'को लागि आवेदन माग्यो

Advertisement

काठमाडौं: अर्थ मन्त्रालयले मंगलबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) को प्रमुख कार्यकारी अधिकृत पदको लागि आवेदन माग गरेको छ ।

अर्थमन्त्रालयद्वारा गठित प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि छनौट तथा सिफारिस समितिले उक्त विज्ञापन निकालेको हो ।

यसघिका सीइओ सिताराम थपलियाको कार्यकाल सकिएपछि नेप्सेमा अहिले सो पद रिक्त रहँदै आएको छ । इच्छुक ३० वर्ष पुगेर ६० ननाघेका आवेदकले साउन ३१ गतेभित्र आवेदन दिई पनि बिज्ञप्तिमा भनिएको छ ।

आवेदनको लागि योग्यता क्रम भने अर्थशास्त्र, व्यवस्थापन, आर्थिक, वित्तीय वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर गरेको हुनुपर्ने उल्लेख गरिएको छ । अनुभबको लागि भने धितोपत्र बजार,पुँजी बजार, बैकिङ वा वित्तीय क्षेत्रमा कम्तीमा ५ वर्ष अनुभव भएको हुनुपर्नेछ ।

Advertisement

Advertisement

Advertisement