कृषि विकास बैंकले कमायो २ अर्ब ७७ करोड मुनाफा, खराब कर्जा झन्डै ३ प्रतिशत

Advertisement

काठमाडौं: कृषि विकास बैंकले आर्थिक वर्ष २०७३/७४ मा २ अर्ब ७७ करोड ६७ लाख रुपियाँ खुद नाफा कमाएको छ । जुन नाफा अघिल्लो वर्षको तुलनामा १२ दशमलव ६५ प्रतिशतले बढी हो । बैंकको निक्षेप संकलन १३ दशमलव ७९ प्रतिशत वृद्धि भई ९९ अर्ब ९५ करोड २० लाख रुपियाँ पुगेको छ भने कर्जा लगानी ८८ अर्ब २९ करोड ७५ लाख रुपियाँ पुगेको, बैंकले जनाएको छ ।

१२ अर्ब ५२ करोड ३ लाख रुपियाँ चुक्ता पूँजी रहेको कृषि विकास बैंकले जगेडाकोषमा ९ अर्ब ८८ करोड ८० लाख रुपियाँ राखेको छ । त्यस्तै खुद व्याज आम्दानी १३ दशमलव ४६ प्रतिशतले बढेर ७ अर्ब १० करोड ४० लाख रुपियाँ पुगेको छ । बैंकले प्रोभिजनमा १ अर्ब १८ करोड ९५ लाख रुपैयाँ राखेको छ भने बैंकले ६९ करोड ६८ लाख रुपियाँ खराबकर्जा उठाएको छ ।

बैंकको पूँजीकोष अनुपात शुन्य दशमलव ३१ प्रतिशतले बढेर १७ दशमलव ४७ प्रतिशत र निस्कृय कर्जा १ दशमलव ३९ प्रतिशतले घटेर २ दशमलव ९७ प्रतिशत रहेको छ ।

Advertisement

Advertisement

Advertisement