याङसँग निजी क्षेत्रको माग– चीनमा नेपाली वस्तुलाई करमुक्त प्रवेश देउ

Advertisement

काठमाडौंः नेपालको निजी क्षेत्रले चिनियाँ उपप्रधानमन्त्री वाङ याङसँग बुधबार भेट गरी चीनमा नेपाली वस्तुको निर्वाध पहुँच दिन माग गरेको छ । नेपाल उद्योग बाणिज्य महासंघको प्रतिनिधिमण्डलले चीनसँगको चुलिँदो व्यापार घाटालाई न्यूनिकरण गर्न नेपाली उत्पादनहरूको चिनिया“ बजारमा सहज प्रवेशको आग्रह गरेको हो ।

भेटमा महासंघकी अध्यक्ष भवानी राणाले व्यापार घाटा कम गर्न चीनमा निर्यात सम्भाव्यता भएका नेपाली वस्तु तथा सेवाहरूलाई डयूटि फ्रि (करमुक्त) सहुलियत सुविधाको माग गरिन । उनले विस्तारै समृद्धिको मार्गतर्फ अगाडि बढिरहेको नेपालका लागि चिनिया“ सरकार तथा त्यहाँको निजी क्षेत्रको सहयोग यतिखेर खाँचो रहेको बताइन ।

राणाले हाम्रो क्षमता अभिवृद्धि गर्न होस वा उत्पादन क्षमता बढाउन, लगानी प्रवद्र्धन होस वा नेपालभित्र पर्याप्त आर्थिक अवसरहरुको सिर्जना गर्न अझ बढी चिनिया“ सहयोग नेपाली निजी क्षेत्रले खोजी रहेको बताइन ।

नेपालमा संयुक्त लगानीमा उत्पादन गरी चीनको बजारमा निर्यात गर्न सकिने वस्तु तथा सेवामा आधारित उद्योग व्यवसायमा सहकार्य एवं सहयोगमा जोड दिँदै उनले नेपालमा चिनिया“ लगानी उल्लेख्यरुपमा बढिरहेको र विगतदेखि नै नेपालको जलविद्युत, सिमेन्ट उत्पादन लगायतका क्षेत्रमा ठूलो मात्रामा चिनिया“ लगानी गरिरहेको बताइन ।

नेपालको महत्वपूर्ण छिमेकी हुनुको नाताले, नेपालको सम्पूर्ण विकास प्रयासमा चिनिया“ लगानी, पछिल्लो पटक चीनले विकासमा प्राप्त गरेको अनुभव एवं प्रविधि एवं तकनिकी नेपाली निजी क्षेत्रले अपेक्षा गरेको राणाको भनाई छ ।

एसियन पूर्वाधार विकास बैंकको संस्थापक सदस्य तथा मित्रराष्ट्र चीन सरकारले अगाडी सारेको एक क्षेत्र एक रोड अभियानको महत्वपूर्ण हस्ताक्षरकर्ताको नाताले नेपालले चीन तथा एक क्षेत्र एक रोडसँग जोडिएका देशहरूस“ग प्रगाढ सम्पर्क स्थापित गर्दै लगानी एवं प्रविधि आकर्षण, वाह्य सम्पर्क विस्तार एवं पूर्वाधार अभावलाई समेत परिपूर्ति गर्नेे विश्वास नेपाली निजी क्षेत्रको रहेको उनले बताइन ।

राणाले एक क्षेत्र एक रोडमार्फत नेपालको पूर्वाधार विकासमा चिनिया“ सहयोगका लागि याङसँग आग्रह गरिन । चीन नेपालको सबैभन्दा ठूलो विकास तथा व्यवसायिक साझेदार हो भन्दै उनले नेपालको आर्थिक विकासमा चिनिया“ सहयोग हाम्रा लागि सदैव महत्वपूर्ण औजारको रही आएको बताइन ।

चिनियाँ उपप्रधानमन्त्री याङले नेपाली निजी क्षेत्रसँगको भेटवार्ता आफ्ना लागि अत्यन्त महत्वपूर्ण भएको बताए । उनले चीन नेपाल बीचको आर्थिक सहकार्य एवं आर्थिक सम्बन्ध निरन्तर रुपमा अगाडी बढ्ने बताए ।

महासंघको प्रतिनिधिमण्डलमा निवर्तमान अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्षहरु प्रदीप श्रेष्ठ र रविभक्त श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरु उमेशलाल श्रेष्ठ र चन्द्र ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, कार्यकारिणी समितिका सदस्य, महासंघका महासचिव सुरेशमान श्रेष्ठ थिए भने नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा र नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले पनि मन्तव्य राखेका थिए ।

Advertisement

Advertisement

Advertisement