बाढिपहिरोबाट मृत्यु भएका परिवारलाई पाँच लाख दिन अर्थ समितिको सरकारलाई निर्देशन

Advertisement

काठमाडौं: व्यवस्थापिका संसदको अर्थ समितिको विहिबार बसेको बैठकले बाढि, पहिरो र डुबान पीडितलाई तत्काल उद्धार गर्न सरकारलाई सचेत गराउँदै मृत्यु भएका परिवारलाई प्रतिव्यक्ति पाँच लाख प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ ।

सीमतिको आज बसेको बैठकले पीडितको उद्धार कार्यमा ढिलाई नगर्न सरकारलाई सचेत गराएको हो । बैठकले बाढी, पहिरो र डुबान पीडितहरुको उद्धार, राहत र पुनर्वासको व्यवस्थालाई युद्धस्तरमा अघि बढाउन राष्ट्रिय विपत्ति घोषणा गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

सभापति प्रकाश ज्वालाका अनुसार पीडितको राहत, उद्धार र पुनर्वासको कामलाई युद्धस्तरमा अघि बढाउन पनि सरकारलाई राष्ट्रिय विपत्ति घोषणा गर्न निर्देशन दिने निर्णय समेत गरिएको छ ।

बैठकमा समितिका सदस्यहरुले राहत वितरणमा अनियमितता हुन नदिन सरकारलाई सचेत गराएका थिए । उनीहरुले भारतले बाँधेको बाँधका कारण तराईमा डुबानको समस्याले गम्भीर रुप लिएको उल्लेख गर्दै समस्या समाधान गर्न सरकारलाई कूटनीतिक पहल गर्न पनि माग गरेका थिए ।

समितिका सदस्यहरुले राहत वितरणको कामलाई एकद्वार प्रणालीबाटै अघि बढाउँदा पीडितले न्याय पाउने धारणा पनि राखेका छन् ।

Advertisement

Advertisement

Advertisement