श्रम ऐन र सामाजिक सुरक्षा ऐन पारित भएकोमा व्यवसायी र ट्रेड युनियन दुवै खुसी

Advertisement

काठमाडौंः नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले निजी क्षेत्र र ट्रेड युनियनहरुको लामो प्रयासपछि रोजारदाता र ट्रेड यूनियनबीच भएको सहमतिको प्रतिफल स्वरूप श्रम ऐन र सामाजिक सुरक्षा ऐन संसदबाट पारित भएको भन्दै यी ऐनहरुले नेपालको श्रम सम्बन्ध नया“ आयामतर्पm उन्मुख भएको बताइन ।

संसदबाट हालै पारित भएका श्रम ऐन तथा सामाजिक सुरक्षा ऐनका विषयमा महासंघद्वारा रोजगारदाता र टे«ड युनियनका प्रतिनिधिबीचको अन्तरक्रियामा राणाले यी दुवै कानुनले समग्र क्षेत्रलाई समेटी आवश्यक प्रावधानको व्यवस्था गरेको बतायन । उनले श्रम क्षेत्रको सुधारको लागि यो नया“ फड्को हुन सक्ने बताइन ।

ऐनमा गरिएका व्यवस्थाहरूले ठूलो संख्यामा रहेका ससाना उद्योग र व्यवसायलाई प्रत्यक्ष प्रभाव पार्ने हु“दा यसको कार्यान्वयन निकै चुनौतीपूर्ण रहेको भन्दै राणाले यसको सफल कार्यान्वयनका लागि रोजगारदाता र ट्रेड युनियनबीच थप समझदारी र सहकार्यको आवश्यकता रहेको बताइन ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले श्रम ऐन र सामाजिक सुरक्षा ऐनको कार्यान्वयनबाट श्रम क्षेत्रमा विद्यमान समस्याको अन्त्य भई औद्योगिक विकासले गति लिने विश्वास प्रकट गरे । दुवै ऐनको मस्यौदा तयार गर्ने क्रममा रोजगारदाता र ट्रेड यूनियनबीच भएको सहकार्यबाट आजको सफलता प्राप्त भएको उनले बताए ।

महासंघका उपाध्यक्ष्ँ एवं रोजगारदाता परिषदका सभापति चन्द्र ढकालले श्रम ऐन र सामाजिक सुरक्षा ऐनको कार्यान्वयनबाट श्रम क्षेत्र थप व्यवस्थित एवं मर्यादित हुने बताए । उनले नेपालको श्रम सम्वन्ध, पारस्पारिक विश्वास र सहयोगका साथ अघि बढ्ने विश्वास व्यक्त गरे ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष विष्णु रिमालले पारित ऐनबाट भयरहित वातावरणमा काम गर्न ढोका खुलेको बताए । उनले दुवै पक्षको “जीत जीत”को वातावरणमा ऐन पारित भएको भन्दै यसको सफल कार्यान्वयनमा दुवै पक्ष प्रतिवद्धताका साथ लाग्नुपर्ने बताए ।

नेपाल ट्रेड युनियन का“ग्रेस (एनटीयूसी)का अध्यक्ष खिलानाथ दाहालले दुवै ऐनले सबै क्षेत्रलाई समेटेको बताउँदै यसको सफल कार्यान्वयनका क्रममा कुनै समस्या आएमा दुवै पक्ष एकै ठाउँमा बसेर हल गर्न सकिने बताए । आइएलओ गभरनिङ वडीका डेपुटी मेम्वर वृन्दा पाण्डेले श्रमसम्वन्धी दुवै ऐनले अन्तर्राष्ट्रिय समूदायमा राम्रो संदेश दिएको भन्दै रोजगारदाता र ट्रेड यूनियनबीच नयाँ स“स्कारको सुरुवात भएको बताइन ।

आइएलओका नेपाल निर्देशक डा. रिचार्ड हवार्डले ऐन पारित भएको दिन नेपालको रोजगारदाता र ट्रेडयूनियनका लागि महत्वपूर्ण दिन भएको भन्दै नेपालमा औद्योगिक विकासमार्फत रोजजारी सिर्जनामा यो ऐन महत्वपूर्ण खुड्किलो हुने बताए ।

Advertisement

Advertisement

Advertisement