भ्रष्टाचारको सुचना छ भने टोल फ्री नं १०७ मा फोन गर्नुहोसः अख्तियार

Advertisement

काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोल फ्री नं १०७ लाई थप प्रभावकारी बनाउने जनाएको छ । आयोगले सेवाग्राहीको बढी चाप हुने कार्यालयमा कसैले काममा ढिलासुस्ती गरी रकमको माग गरेमा तत्काल १०७ नंमा फोन गर्न आग्रह गरिएका सूचनापाटी र स्टिकर टाँस्ने भएको छ ।

पहिलो चरणमा काठमाडौँ उपत्यकाका मालपोत, यातायात, नापी र वैदेशिक रोजगार विभागको कार्यालयमा सूचना टाँस्ने आयोगका सचिव राजन खनालले पत्रकार सम्मेलनमा जानकारी दिए । आयोगले क्रमशः काठमाडौँ उपत्यका बाहिरका जिल्लामा पनि यस्तो अभियान चलाउने छ ।

धेरै सेवाग्राहीले आयोगको टोल फ्री नम्बरबारे जानकारी नपाएर आयोगका अन्य नम्बरमा फोन गर्ने गरेको अनुभवका आधारमा सो नम्बरको प्रचारप्रसार गर्न लागिएको बताइएको छ । उनले भने, “अन्य नम्बरमा फोन गर्दा पैसा लाग्छ, झन्झटिलो हुन्छ, त्यसैले कुनै गुनासो भए १०७ नम्बरमा निःशुल्क गर्न सकिन्छ ।”

Advertisement

Advertisement

Advertisement