सत्ताइसौं बीमा कम्पनीको रुपमा आयो– आइएमई लाइफ इस्योरेन्स

Advertisement

काठमाडौंः २७ औँ बीमा कम्पनीका रुपमा आइएमई लाइफ इस्योरेन्स कम्पनीले सेवा शुरु गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बिहीबार निजी क्षेत्रबाट प्रवद्र्धित उक्त नयाँ बीमा कम्पनीको कारोबारको शुभारम्भ गरे ।

दश वर्षको प्रयासपछि बीमा समितिबाट गत असार २० गते उक्त कम्पनीले कारोबार संचालनको अनुमति पाएको हो । पछिल्लो पटक संचालन अनुमतिप्राप्त इस्योरेन्स कम्पनीमध्ये सबैभन्दा पहिले उक्त कम्पनीले सेवा शुरु गरेको हो । चापागाईंले बीमाको बजार वृद्धिसँगै आर्थिक गतिविधिमा बढोत्तरी हुने बताउँदै दैवी विपत्ति तथा अन्य जोखिमका अवस्थामा जीवन बीमाबाट प्राप्त हुने लाभबारे जानकारी दिए ।

आइएमई लाइफ इस्योरेन्स कम्पनीका अध्यक्ष रामहरि अर्याल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, आइएमई गु्रपका प्रबन्ध निर्देशक हेमराज ढकाल र नेपाल बीमा संघका कावा अध्यक्ष दीपप्रकाश पाण्डेले नेपालको बीमा बजार र त्यसको अपरिहार्यताबारे बताए ।

Advertisement

Advertisement

Advertisement