सिटिजन्स बैंकको १७ प्रतिशत लाभांश घोषणा

Advertisement

काठमाडौं: सिटिजन्स बैंकले आफ्ना ग्राहकलाई १७ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंकले १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश दिने जनाएको हो ।

बैंकको भदौं १ बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय लिएको हो । तर सो निर्णय राष्ट्र बैंक र बैंकको साधारण सभाबाट स्वीकृत र पारित हुँन बाँकी रहेको छ ।

बैंकले यसपटकको नाफाबाट सञ्चितमा राख्नुपर्ने २० प्रतिशत बराबरको रकम र सामाजिक दायित्वको लागि छुट्याउनु पर्ने १ प्रतिशत अलग्याउदा लगभग १३.८१ प्रतिशत लाभांश दिन सक्ने अवस्था देखिएको थियो ।

बैंकले सञ्चितीबाट पनि केही रकम लाभांश दिन प्रयोग गरेको देखिन्छ । बैंकले गत आव २०७३र७४ मा १२.०१ प्रतिशतले बढेर १ अर्ब २१ करोड रुपैयाँ नाफा कमाएको थियो ।

Advertisement

Advertisement

Advertisement