मुक्तिनाथको हकप्रद शेयर आजबाट खुल्यो, असोज ८ गतेसम्म आवेदन दिने पाईने

Advertisement

काठमाडौं: मुक्तिनाथ विकास बैंकले ४० प्रतिशत हकप्रद शेयर आइतबारबाट निष्काशन गरेको छ । बैंकले १० बराबर ४ को अनुपातमा प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यमा ६१ करोड ७० लाख ८६ हजार ५०४ रुपियाँको ६१ लाख ७० हजार ८६५ कित्ता शेयर निष्काशन गरेको हो ।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यालिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धक एनआईबीएल क्यालिटलको कार्यालय लाजिम्पाट काठमाडौं तथा नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, नेपालगंज र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी, शेयरधनिहरुले मुक्तिनाथ विकास बैंकका सबै शाखाहरुबाट हकप्रदमा आवेदन गर्न सक्नेछन् । साउन १९ गतेसम्म कायम भएका सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् ।

हकप्रद शेयरको विक्री खुल्ला आज (भदौ ४ गते) देखि असोज ८ गते सम्म भर्न सकिने छ । हाल बैंकको चुक्ता पुँजी १ अर्ब ५४ करोड २७ लाख १६ हजार २६० रुपियाँ छ भने हकप्रद बिक्रीपछि बैंकको चुक्ता पुँजी २ अर्ब १५ करोड ९८ लाख २ हजार ७६४ रुपियाँ पुग्नेछ । गत आर्थिक वर्षमा बैंकले ४९ करोड ४४ लाख ९ हजार रुपियाँ खुद नाफा कमाएको छ ।

Advertisement

Advertisement

Advertisement