काठमाडौंः चलचित्रको राम्रो व्यापारका लागि गीतसंगीत उत्कृष्ट हुनपर्ने अबस्था आएको छ । गीतसंगीतले चलचित्रको व्यापारमा धेरै सहयोग गर्ने गर्दछ ।
लभस्टोरी चलचित्र निर्माणमा अग्रसर निर्देशक दिवाकर भट्टराइको नयाँ चलचित्र ‘ऐश्वर्य’मा पनि पावरफूल गीत समावेश गरीएको छ । जसकाकारणले अहिले यो चलचित्रको चर्चा, एउटै गीतका कारण भइरहेको छ ।
‘तिमी रोएको पल’ बोलको गीत अहिले सर्वाधिक चर्चामा छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा सुगम पोखरेल र अन्जु पन्तले आवाज दिएका छन् ।
चलचित्रको टिजर हलमा सार्वजनिक गरिएपनि युटुबमा भने सार्वनिक गरिएको छैन । यो चलचित्रको टिजरमा ‘ऐश्वर्य’का लागि चलचित्रका मुख्य नायक रमेश उप्रेती र कलाकार तथा मोडल प्रशान्त ताम्राकारविच लडाइ चलेको देखीएको छ । टिजर युटुबमा आएपछि कलाकार प्रशान्त ताम्राकारको गेटअप र शैलीको चर्चा हुनसक्ने सम्भावना छ ।
यो चलचित्र कात्तिक २ गतेबाट देशभरका हलमा रिलिज हुदैछ ।