सार्यो ‘ऐश्वर्य’ले रिलिज मिति

Advertisement

काठमाडौंः नेपाली चलचित्र ‘ऐश्वर्य’ले रिलिज मिति एक साता पछि सारेको छ । कात्तिक २ गते प्रदर्शन मिति तोकेर निर्माणपक्षले प्रचारप्रसारमा तिव्रता दिइसकेको थियो । २ ठूला बलिउड चलचित्र पनि कात्तिक २ मै आउने भएपछि, अब यो चलचित्र कात्तिक ९ गतेबाट रिलिज हुने भएको छ ।कात्तिक २ गते नेपाली चलचित्र ‘रुद्रप्रिया र रानी’ को साथै हिन्दी चलचित्र ‘सेक्रेट सुपरस्टार र गोलमाल एगेन’ रिलिज हुँदैछन् ।

दिवाकर भट्टराइले निर्देशन गरेको यो चलचित्रमा रमेश उप्रेती, दीपिका प्रसाइ, केकी अधिकारी र प्रशान्त ताम्राकार मुख्य भूमिकामा छन् । चलचित्रको ‘तिमी रोएको पल’ सर्वाधिक चर्चित भैसकेको छ । चलचित्र सिंगल र मल्टिप्लेक्स दुबै हलमा एकसाथ रिलिज हुने छ ।

Advertisement

Advertisement

Advertisement