ताजिकिस्तानबिरुद्ध नेपाली राष्ट्रिय टोलीको घोषणा: अनिल परेनन्, आर्मीका जर्ज प्रिन्सको डेब्यु

Advertisement

काठमाडौं: आउँदो मंगलबार हुन लागेको एसियन कप छनौट चरणको खेलको लागि नेपाली राष्ट्रिय फुटबल टोलीका मूख्य प्रशिक्षक ग्योतोकु कोजीले ताजिकिस्तानबिरुद्धको खेलका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय टिमको घोषणा गरेका छन् ।

नेपाल र ताजिकिस्तानबीच हुन लागेको यस खेल एएफसी एसियन कप २०१९ को लागि छनौट चरणको हो । होम एण्ड अवेको यस खेलमा पहिले नेपालले आफ्नै घरभित्र खेल्ने छ अनि त्यस पछि उसको घरेलु मैदानमा अर्को खेल हुनेछ।

खेल एन्फा खेल मैदान, सातदोबाटोमा हुनेछ । शनिबार घोषणा गरिएको टिममा नियमित कप्तान फर्ममा नभएको कारण दर्शाउँदै अनिल गुरुङ टिममा अटाएनन् ।

अनिलको स्थानमा नेपाल आर्मीका स्ट्राइकर जर्ज पि्रन्स कार्कीले राष्ट्रिय टोलीमा डेब्यु गर्ने भएका छन् ।

त्यस्तै फिलिपिन्सबिरुद्ध रातो कार्ड पाएपछि ओमानसँगको खेलमा प्रतिबन्धमा परेका मिडफिल्डर बिक्रम लामा टिममा फर्किएका छन् । त्यस्तै, डिफेण्डर मानबहादुर तामाङ र गोलरक्षक एलन न्यौपाने यसपटक प्रशिक्षकको नजरमा पर्न सकेनन् ।

न्यौपानेको स्थानमा बिशाल श्रेष्ठ टिममा समावेश छन् ।

को-को छन् त टिममा?
गोलरक्षकः किरणकुमार लिम्बु, बिशाल श्रेष्ठ र बिकेश कुथु

डिफेण्डरः बिराज महर्जन, देवेन्द्र तामाङ, अनन्त तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, आदित्य चौधरी, कमल श्रेष्ठ

मिडफिल्डरः सुनिल बाल, हेमन गुरुङ, रोहित चन्द, सुमन लामा, अञ्जन विष्ट, बिक्रम लामा, बिशाल लाई, हेमन्त थापामगर र सुजल श्रेष्ठ

स्ट्राइकरः बिमल घर्तीमगर, जर्ज पि्रन्स कार्की, नवयुग श्रेष्ठ र भरत खवास

Advertisement

Advertisement

Advertisement