अदुवा उत्पादनमा वृद्धि

Advertisement

तेह्रथुमः यस वर्ष गत वर्षको तुलनामा अदुवा उत्पादनमा वृद्धि भएको छ । यस वर्ष जिल्लामा २६० हेक्टर जमिनमा गरिएको अदुवा खेतीबाट तीन हजार ९५२ मेट्रिक टन अदुवा उत्पादन भएको थियो । यस वर्ष गत वर्षभन्दा ६६६ मेट्रिक टन बढी अदुवा उत्पादन भएको हो । गत वर्ष तीन हजार २८६ मेट्रिक टन उत्पादन भएको थियो ।

परम्परागत रुपमा घरायसी प्रयोजनका लागि मात्र प्रयोग हुँदै आएको अदुवा पछिल्लो समय कृषक व्यावसायिक बन्न थालेपछि उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताए । मूल्यमा आएको गिरावटका कारण किसानले यस वर्ष पनि उल्लेख्य आम्दानी लिन सकेनन् ।

मुख्य बजार भारत भए पनि भारतीय बजारमा पटक–पटक नेपाली अदुवाको निकासी रोकिएपछि किसान मारमा परेका हुँन् । जिल्लामा विगत वर्षमा प्रतिकिलो  ७५ रुपिँया सम्ममा कारोबार भएको अदुवाको यस वर्ष प्रतिकिलो २५ रुपिँयामा मात्रै कारोबार भयो । कुल उत्पादनको करिब १५ प्रतिशत अदुवा जिल्लाभित्रै खपत हुन्छ । बाँकी जिल्ला बाहिर बिक्रीका लागि पठाउने गरेको घिमिरेले बताए ।

Advertisement

Advertisement

Advertisement