जर्मनीसँग नर्वे ६ – ० गोलले पराजित

Advertisement

एजेन्सीः पुर्व विश्वविजेता जर्मनीले अर्को बर्ष रूसमा हुने विश्वकपका छनोट खेलमा अपराजित यात्रा कायम राखेको छ । छनोट अन्तर्गत युरोपियन क्षेत्रको छनोटमा सोमबार राति नर्वेलाई ६ – ० को फराकिलो अन्तरले पराजित गरेको छ । गएरातिको नतिजासँगै ८ खेलबाट २४ अंकसहित जर्मनी समूहको शीर्ष स्थानमा छ

जर्मनीले पहिलो हाफमामै चार गोलको अग्रता लिएको थियो । ओजिलले १० औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई सुरुवाति अग्रता दिलाएका थिए । ड्रेक्सलरले १७ औं मिनेटमा अग्रता दोब्बर पारे । वेर्नरले २१ र ४० औं मिनेटमा गरी दुई गोल गरेपछि पहिले हाफमा जर्मनीले ४–० को अग्रता लियो । दोस्रो हापको ५० औं मिनेटमा गोरेत्क र ७९ औं मिनेटमा गोमेजले गोल गर्दै जर्मनीको लागी ६ गोल पूरा गरे । जितपछि जर्मनीले रुसको यात्रा तय गर्ने सम्भावना बलियो बनाएको छ।

समूह ‘सी’ कै अर्को खेलमा नर्दन आयरल्याण्डसँग चेक रिपब्लिकले २ – ० को हार बेहोरेको छ । यस्तै यसै समुहको तेस्रो स्थानको अजरबैजानले सान मारियोलाई ५ – १ ले पराजित गरेको छ । दोस्रो स्थानमा रहेको नर्दन आयरल्याण्डको १९ अंक छ ।

Advertisement

Advertisement

Advertisement