राष्ट्राध्यक्षमा राजा र जनताले सोझै चुनेको प्रधानमन्त्री चाहियोः लोहनी

Advertisement

काठमाडौंः एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)ले पार्टीको एजेण्डा सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गरी सो पार्टीले बौद्ध, किराँत, मसुलमान तथा अन्य सबै धर्मको सम्मान गर्दै नेपाललाई हिन्दु राष्ट्र कायम गर्ने, राष्ट्रपतिको रुपमा राजसंस्थाको उपस्थिति कायम गर्ने बताएको छ ।

राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले भ्रष्टाचारको उन्मुलनको अभियान सुरु गर्ने, स्वदेशमै रोजगारी सिर्जना गर्ने, माथिल्लो संसदमा समानुपातिका जनप्रतिनिधिको उपस्थिति कम हुनुपर्ने बताए । उनले भने, ‘हाम्रो मुलुकमा अस्थिर राजनीतिकले जरा गाढेको छ, हाम्रो पार्टीले स्थिर राजनीतिक र सरकारको लागि कदम चाल्नेछ, हाम्रो पार्टी समावेशी राष्ट्रवाद, बहुलवादी प्रजातन्त्र र प्रगतिशील उदारवादको दर्शन बोकेको पार्टी हो, यसै अनुरुप जनताको बीचमा जान्छ ।’

पाँच महिना अघिमात्रै निर्वाचन आयोगबाट मान्यता पाएको राप्रपा राष्ट्रवादीले ६० जिल्लामा पार्टीको जिल्ला कमिटि गठन गरिसकेको लोहनीले जानकारी दिए । वर्तमान राजनितिक अस्थिरताको अन्त्य गर्नको लागि प्रत्यक्ष प्रधानमन्त्री चुनिनुपर्ने र राष्ट्रध्यक्षको रुपमा राजा हुनुपर्ने उनले बताए ।

लोहनीले शक्तिशाली पावरको रुपमा रहने केन्द्रसभामा देशमा रहेका सबै जातजाति र समुदायको प्रतिनिधित्व जनसंख्याको अनुपातमा सुनिश्चित गरिनुपर्ने भन्दै प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित हुनुपर्ने भन्दै त्यो आधारमा नेपालको शासन व्यवस्था सञ्चालन नभएको खण्डमा वैदेशिक हस्तक्षेप बढ्ने दावी गरे ।

पार्टीका एजेण्डालाई मुर्तरुप दिनको लागि भदौ २१ गते राजधानीका विभिन्न स्थानमा कोणसभा गर्ने, २२ गते कोटेश्वरमा बृहत्त मोटर साइकल र्याली निकाल्ने, २३ गते बबरमहलदेखि र्याली निकालेर नयाँ वानेश्वरमा पुगी कोणसभामा परिणत हुने सो पार्टीले जानकारी दिएको छ । लोहनीले असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले भाग नलिने बताए ।

Advertisement

Advertisement

Advertisement