ताजकिस्तानविरुद्धको खेलमा नेपाल २-१ ले पराजित

Advertisement

काठमाडौंः सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको एसियन कप छनौट खेलमा नेपाल ताजकिस्तानसँग पराजित भएको छ । समुहको अन्तिममा रहेको टोलीसँग पराजित भएसँगै नेपाल पुच्छरमा आएको छ भने ताजिकिस्तान तेस्रो स्थानमा आइपुगेको छ ।

पहिलो हाफको २५औं र ३०औं मिनेटमा लगातार दुई गोल गर्दै सुरुवाती अग्रता लिएको ताजकिस्तानलाई नेपालले दोस्रो हाफमा गोल थप गर्न दिएन । साथै, खेलको ६०औं मिनेटमा नेपालका लागि विमल घर्तिमगरले एक गोल गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरे ।

यस प्रतियोगितामा नेपालले अझै तीन खेल खेल्नेछ । अबको खेल फिलिपिन्ससँग नेपालकै घरेलु मैदानमा हुनेछ । अबका तीनवटै खेल लगातार जित्न सकेमा मात्रै नेपाल एसिएन कपका लागि छनौट हुनसक्छ ।

Advertisement

Advertisement

Advertisement