ब्राजिल रोकियो कोलम्बियासँग १–१ को बराबरीमा

Advertisement

एजेन्सीः सन् २०१८ मा रूसमा हुने विश्वकप फुटबलमा छनौट भइसकेको ब्राजिल विश्वकप छनौट अन्तर्गतको खेलमा बराबरीमा रोकिएको छ। दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत भएको खेलमा ब्रजिलले गएरातिको कोलम्बियासँग १–१ गोलको बराबरी खेलेको हो ।

कोलम्बियाको घरेलु मैदानमा भएको खेलमा अग्रता जोगाउन नसक्दा ब्राजिल बराबरीमा रोकिनु परेको हो । विलियनले खेलको ४५ औं मिनेटमा गोल गर्दै ब्राजिललाई सुरूवाती अग्रता दिलाएका थिए। दोस्रो हाफको ५६ औं मिनेटमा राडमेल फाल्काओले कोलम्बियाको लागि गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। त्यसपछिको समयमा दुवै टोलीले गोल गर्न नसक्दा खेल बराबरीमा रोकिएको हो ।

बराबरीपछि दक्षिण अमेरिकी छनौटमा ब्राजिल १६ खेलबाट ३७ अंकका साथ शीर्ष स्थानमा छ । २६ अंकसहित छनौटमा कोलम्बिया दोस्रो स्थानमा रहेको छ। समूहबाट शीर्ष चारमा पर्ने टिम विश्वकपका लागि सोझै छनौट हुनेछन्।

Advertisement

Advertisement

Advertisement