१८ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा

Advertisement

काठमाडौंः विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङसँग हुने खेलका लागि बुधबार १८ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । टोलीमा १४ खेलाडीले अन्तिम स्थान बनाउने छन् । नेपालले आफ्नो छैटौं चरणको खेल अक्टोबर १३ र १५ मा हङकङमा खेल्ने छ ।

छानिएका खेलाडीमा पारस खड्का(कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, महबुब आलम, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, जितेन्द्र मुखिया, सुशील कँडेल, कुशल भूर्तेल, ललितसिंह भण्डारी, सुसन भारी, नरेश बुढाएर, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने छन् ।

राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र कप्तान पारस सम्मिलित छनोट समितिले दोस्रो अन्तिम टोलीको घोषणा गरेको हो । ढाडको पुरानै समस्या भएपछि दिलीप खेल्न नसक्ने भएको र उनले तीन साता आराम गर्नुपर्ने बताइएको छ । सौरभ र हासिम प्रधानमन्त्री कपमा उत्कृष्ट देखिए पनि क्याम्पमा त्योअनुरुप प्रदर्शन नगरेकाले टोलीमा परेनन् ।

च्याम्पियनसिप अन्तर्गतको १० खेलसकिएको अबस्थामा हङकङ ११ र नेपाल ८ अंकसहित चौथो र छैटौं स्थानमा छन् । प्रतियोगितामा ८ देशबिच प्रतिस्पर्धा हुनेछ र शीर्षस्थानमा रहने चार टोलीले २०१९ मा हुने आईसीसी विश्वकप छनोटमा सिधै खेल्न पाउने छन् । नेपालले यसपछि अन्तिम चरणको खेलमा यूएईसँग डिसेम्बरमा खेल्ने छ ।

Advertisement

Advertisement

Advertisement