भारतको पुरन्दरपुरमा भएको दुर्घटनामा सात नेपालीसहित आठको मृत्यु

Advertisement

भैरहवाः भारतको महाराजगञ्ज जिल्लास्थित पुरन्दरपुर क्षेत्रको देउपुर गाउँमा भएको सवारी दुर्घटनामा सात नेपालीसहित आठ जनाको मृत्यु भएको छ । गोरखपुरबाट सुनौली आउँदै गरेको कार र नौतनवाबाट गोरखपुर जाँदै गरेको ट्यांकर ठोक्किँदा शुक्रबार दिउसो यो दुर्घटना भएको हो।

कारका चालक सुनौली कोतवालीका ३८ वर्षीय हाफिजको उपचारका क्रममा मृत्यु भएको हो भने अन्यको घट्नास्थलमा मृत्यु भएको भारतीय प्रहरीलाई उदृत गर्दै विभिन्न सञ्चार माध्यमले जनाएका छन् । मृत्यु हुनेमा दुई बच्चा र एक महिला पनि छन् । उनीहरु नेपाली भन्ने पहिचान भए पनि सनाखत भने हुन सकेको छैन ।

Advertisement

Advertisement

Advertisement