एभरेष्ट बैंकको हकप्रद शेयर लिलामी विक्री खुला आजदेखि

Advertisement

काठमाडौं : एभरेष्ट बैंकको आइतबारबाट सर्वसाधारण समूहको दिई लाख ५३ हजार ७९७ कित्ता सेयर लिलामी बिक्री खुला गरिएको छ ।

लगानीकर्ताले लिलामी खरिदको लागि प्रति शेयर न्यूनतम १०० रुपियाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ । एभरेष्टको हाल शेयर बजार मूल्य १ हजार २७२ रुपियाँ छ ।

यसमा आवेदन दिने अन्तिम म्याद भने असोज १ गतेसम्मका लागि तोकिएको छ । बैंकले असार १८-२२ गतेसम्म एक करोड ५० लाख ८८ हजार ८७ कित्ता अर्थात् ३३ प्रतिशत हकप्रद शेयर खुला गरेको थियो ।

हकप्रदबाट विक्री नभएको दुई लाख ५३ हजार ७९७ कित्ता शेयर अहिले लिमामी विक्रीका लागि राखिएको हो ।

लगानीकर्ताले लिलामीको बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स, लाजिम्पाट काठमाडांै पुग्ने गरी आवेदन फारम बुझाउनुपर्नेछ । बोलपत्र असोज २ गते बिहान १० बजे एनआइबीएल क्यापिटल मार्केट्स, लाजिम्पाट काठमाडौंमा खोलिनेछ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा एभरेष्टको चुक्ता पुँजी ५ अर्ब ७४ करोड १० लाख ९५ हजार रुपियाँ रहेको छ । हकप्रद र बाँकी सेयर लिलामीमा बिक्री गरिसकेपछी भने बैंकको चुक्ता पुँजी ६ अर्ब ३ करोड ५२ लाख ३४ हजार ४०० रुपियाँ पुग्नेछ । चौथो त्रैमासमा बैंकले १ अर्ब ९८ करोड १६ लाख ९८ हजार रुपियाँ खुद नाफा कमाएको थियो ।

Advertisement

Advertisement

Advertisement