इस्पनयोलसँगको खेलमा मेस्सीको अर्को ह्याट्रिक

Advertisement

काठमाडौंः अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीको ह्याट्रिक मद्दतले बार्सिलोनाले स्पेनी ला लिगा लिगको क्याटलान डर्बीमा शनिबार राति सानदार जित हात पारेको छ । जितसँगै बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको छ । इस्पनयोलमाथि ५–० गोलको जित निकाल्ने क्रममा मेस्सीले क्लबका लागी ३८ औं ह्याट्रिक पुरा गरे ।

घरेलु मैदानमा भएको खेलमा मेस्सीले २६ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उनले ३५ औं मिनेटमा दोस्रो गोल गरेपछि पहिलो हाफको अन्त्यसम्म बार्सिलोनाले २–० को अग्रता लियो । ६७ औं मिनेटमा तेस्रो गोल गर्दै मेस्सीले ह्याट्रिक पुरा गरे । साथै जेरार्ड पीकेले ८७ औं मिनेटमा र लुइस स्वारेजले ९० औं मिनेटमा गोल गरेपछि बार्सिलोना ५–० को फराकिलो अन्तरले विजयी भयो ।

खेलमा नेयमारको स्थानमा अनुबन्धित भएका ओस्मान डेम्बेलेले डेब्यु गरे । उनले गोलका लागि स्वारेजलाइ पास दिएका थिए । विश्वका दोस्रो ठूलो महँगो रकममा उनी बार्सिया डर्टमन्डबाट बार्सिलोना आएका थिए । उनी कीर्तिमानी रकम १३ करोड ५० लाख पाउन्डमा बार्सिलोना आएका हुन् ।

जितसँगै बार्सिलोनाले तीन खेलबाट नौ अंक बटुलेको छ । समान तीन खेल खेलेको रियल म्याड्रिडको भने बार्सिलोनासँग चार अंकको दूरिसँगै लिगको छैटौं स्थानमा छ ।

Advertisement

Advertisement

Advertisement