नक्कली भ्याट बिलमा संलग्न नौ जनाविरुद्ध मुद्दा दायर

Advertisement

काठमाडौंः राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा नौ जनाविरुद्ध जिल्ला अदालत पर्सामा नौ जनाविरुद्ध मुद्दा दायर गरेको छ । उनीहरुबाट १९ करोड ८३ लाख ७२ हजार विगो तथा जरीवानासहित तीन वर्ष कैद सजायको माग गरिएको छ ।

आरोपितमा प्रदीपकुमार बर्मा, दीपककुमार बर्मा, गणेश रिजाल, अनिल महतो धानुक, गुल्सन श्रीवास्तव, दशरथ हजरा दुसाद, उपेन्द्र महतो, राजेशकुमार श्रीवास्तव र सिकेन्द्रकुमार श्रीवास्तव छन । उनीहरुमाथि वीरगञ्जका कालिका ट्रेड एन्ड एप्लायर्स स्थायी लेखा नम्बर ६०३८५०९४५०, आदित्य ट्रेड एन्ड सप्लायर्स स्थायी लेखा नम्बर ३०१७९७४५८० र विश्वकर्मा ट्रेड कन्सर्न नामक तीन वटा फर्जी फर्म खडा गरी स्थायी लेखा नम्बर ६०३३५८८०९० मार्फत सामान खरिद गरिएको भुटो भ्याट बिल पेस गरेको विभागको ठहर छ ।

सरकारसँग भ्याट ‘क्रेडिट’ दाबी गर्ने तथा विभिन्न फर्मलाई नक्कली भ्याट बिक्री विजक जारी गर्ने काममा संलग्न उनीहरु विरुद्ध मुद्दा दायर गरिएको विभागले जनाएको छ । ती फर्मका बिल विजक स्वीकार गर्ने थप २९ फर्ममाथि पनि अनुसन्धान भइरहेको विभागले जनाएको छ ।

विभागले तीन महिना लामो अनुुसन्धानपछि मुद्दा दर्ता गरेको हो । विभागका अनुसार राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अन्तर्गत आठ वर्षयता दायर भएको सबैभन्दा ठूलो मुद्दा हो ।

Advertisement

Advertisement

Advertisement