ग्लोबल आईएमईको २० प्रतिशत लाभांश दिने प्रस्ताव पारित

Advertisement

काठमाडौंः ग्लोबल आईएमई बैंकले आव ०७३/७४ बाट भएको खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई २० प्रतिशत लाभांश (१० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकको बुधबार बसेको संचालक समितिको २७९ औं बैठकले सो निर्णय गरेको हो । राष्ट्र बैंकले बैंकको साधारण सभा गर्नको लागि स्वीकृति प्रदान गरिसकेको छ ।

बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी ८ अर्ब ८८ करोड रुपियाँ पुग्ने छ ।

बैंकले भारत तथा अष्ट्रेलियमा प्रतिनिधि कार्यालय खोली कार्य गर्दै आएको छ भने बेलायतमा छिट्टै नै प्रतिनिधि कार्यालय खोल्ने क्रममा छ । १ खर्ब २ अर्ब निक्षेप, ८४ अर्ब ९६ करोड कर्जा लगानी रहेको बैंकको हाल १ सय १२ वटा शाखा, १४ वटा राजस्व संकलन काउन्टर, १ सय १९ एटीएम, ५ वटा एक्सटेन्सन काउन्टर तथा ४६ शाखारहित बैंकिङ सेवा छन् ।

Advertisement

Advertisement

Advertisement