‘जोनी जेन्टलम्यान’ आजबाट देशभरका हलमा प्रदर्शन

Advertisement

काठमाडौंः अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहेको ‘जोनी जेन्टलम्यान’ आज शुक्रबारबाट देशभरका हलहरुमा प्रदर्शन सुरु भएको छ । नितिन चन्दले निर्देशन गरेको यो चलचित्रको निर्माता एन्ड्रेयू पौडेलले हुन् ।

‘जोनी जेन्टलम्यान’ले पल र आँचलबीचको प्रेमकथा झल्काउंछ । चलचित्रमा पल ‘जोनी’ र आँचल ‘श्री’को भूमिकामा देखिएका छन् । यूवतीको प्रेममा परेपछि जोनी एकाएक जेन्टल बन्ने कथालार्इ नितिनले पर्दामा उतारेका हुन् । आजैबाट संचिता लुइटेल, मलिना जोशी र राज कटुवाल अभिनित चलचित्र ‘लिला’को पनि प्रथम प्रदर्शन भएको छ ।

Advertisement

Advertisement

Advertisement